होली माउन्टमा वातावरणबारे सचेतना र डस्टबिन वितरण

बिश्व वातावरण दिवस को पुर्बसन्ध्या मा पोखरा २९ रहेको होलि माउन्ट आवासीय मा।वि। ले वातावरण संरक्षणबारे जनचेतना तथा डस्टबिन बितरन गरेको छ । आदर्श क्लब र जेनेरेसन अम्याजिङ्गको बिध्यालय क्षेत्रका १४ स्थानमा डस्टबिन राखिएको हो ।

प्रिन्सिपल तोलाकन्त नेउपाने र अध्यक्ष सन्तोष गुरुङलाई आदर्श क्लबका सचिव पदम गुरुङ र जेनेरेसन अम्याजिङ्गका कोअर्डिनेटर सुदिप नेउपाने संयुक्त रुपमा डस्टबिन हस्तान्तरण गरे । कार्यक्रममा विद्यार्थीलाई सरसफाइ र वातावरणबारे सचेतनासमेत दिइएको छ । कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज जनक जमर्कट्टेलले गरेका थिए ।