ला ग्रान्डी ईन्टरनेसनल कलेज रत्नचोक पोखरामा उद्यमशीलताबारे कार्यशाला भएको छ । ब्यवस्थापन संकायका विद्यार्थीको क्लब ला ग्रन्डी बिज सेन्टर र ला ग्रान्डी कलेजको आयोजनामा कार्यसाला भएको हो ।
ला ग्रान्डी बिज सेन्टरका अध्यक्ष ईस्वर पहारीको अध्यक्षतामा प्राध्यापक किरण केसी, एकेडेमिक डिन डा कृष्णराज भण्डारी, बिबिए कोअर्डिनेटर सुरज गौडेल, इन्सेम्बल फर ब्याचलर प्रालिका प्रबन्ध निर्देशक विशाल कोइराला, आइडिया एन्ड सोलुसन प्रालिका क्षितीज पुरी, युवा उद्यमी विशाल कोइराला, बिज सेन्टर सदस्य निशा भारती, स्वर्णीमा खनाल लगायतले बोलेका थिए ।
कार्यशालामा १८ टिमबाट ५४ जना सहभागी थिए । कार्यशालाको संयोजन बिज सेन्टरका कार्यकारी सदस्य सुस्मिता शर्मा र आनन्द अधिकारीले गरेका थिए । कार्यशालामा विद्यार्थीलाई उद्यमशीलताको परिचय, आइडिया जेनेरेसन, बिजनेस मोड डेभलपमेन्ट, समस्या समाधान जस्ता विषयमा प्रकाश पारिएको थियो ।





