बालबालिकालाई ध्यानसँगै ज्ञान

नुवारथोक टोल विकास संस्थाद्वारा आयोजित बालबालिकाका लागि नैतिक शिक्षा तथा अतिरिक्त कृयाकलाप कार्यक्रमको ३८ शृंखला शनिबार भएको छ ।

पहिलो चरणमा योग गुरु ऋषिराज लम्सालले बालबालिकाका तथा अभिबाबक लाई योग गराएका थिए भने दोश्रो चरणमा हाजिरजवाफ प्रतियोगिता भएको थियो । नुवारथोक टोल बिकास संस्थाका अध्यक्ष दामु बरालका अनुसार बालबालिकालाई ५ समुहमा बिभाजन गरी प्रतियोगिता गरिएको थियो ।
प्रतियोगितामा समूह ए प्रथम भयको थियो। प्रतियोगितामा पुरस्कारको व्यवस्था हाम्रो पोखरा ड्राईभिङ पोखरा ७ नुवारथोकले गरेको थियो ।

संस्थाले प्रतेक हप्ता फरक फरक कार्यक्रममार्फत बालबालिकालाई ज्ञानसँगै ध्यान र नैतिकवान बनाउने प्रयास गरको छ । पोखरा ७ नुवारथोक स्थित पुष्पलाल पार्कमा सम्पन्न कार्यक्रममा करिब ५० बालबालिकाको सहभागीता थियो ।