पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ्गले सवै विद्यालय बालमैत्री बनाउनु पर्नेमा जोड दिएकी छन् ।
उपप्रमुख गुरुङ्गले मन्टेसरी एशोसियशन कास्कीको चौथो बार्षिकोत्सवको अवसरमा पोखरा ३३ बागमारा स्थित सरस्वती टिका मा.विमा रहेको वौद्धिक अपाङ्ग केन्द्रमा रहेका बालबालिकालाई विभिन्न सामाग्री बितरण गर्दै, विद्यालयमा बालमैत्री पद्दतीबाट पठन पाठन गराउन समेत आग्रह गरीन ।
उपप्रमुख गुरुङ्गले बौद्धिक अपाङ्ग बालबालिका संवेदनशिल हुने भएकाले उनिहरुको विशेष हेरचाह गर्नु पर्नेमा जोड दिए । पोखरा महानगरपालिकाले अपाङ्ग नागरिकलाई परिचयपत्र बितरण गरिरहेको उल्लेख गर्दै, उपप्रमुख गुरुङ्गले आगामी बर्षको बजेटमा अपाङ्ग क्षेत्रलाई बिशेष बजेट छुट्टयाईने बताईन ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले राज्यले विशेष ध्यान दिनु पर्ने क्षेत्रमा मन्टेश्वरी एशोसियनले सहयोग गरेको उल्लेख गर्दै, वडाले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस अवसरमा २४ जना बौद्धिक अपाङ्ग बालबालिकालाई दुई÷दुई जोर पोशाक, व्ल्यांकेट, सिरानी, तन्ना र खाद्यान्न तर्फ विस्कुट विरतण गरिएको बताइएको छ ।
मन्टेश्वरी एशोसियशन कास्कीका अध्यक्ष अरुणा शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा लिटिल गार्डेन मन्टेश्वरीका संस्थापक प्रिन्सिपल एवं सामाग्री बितरण कार्यक्रमका संयोजक रितु पौडेल, बौद्धिक अपाङ्ग बालबालिका सेवा केन्द्रका इन्चार्ज श्रीधर आचार्य लगायलते सहयोगका विषयमा बोलेका थिए ।





