भोलिदेखी तीन दिन भरतपुरका स्कुल बन्द

प्रतिकुल मौसमका कारण भरतपुर महानगर भित्रका सबै सामुदायीक तथा संस्थागत विद्यालयहरु तिन दिनका लागि बद गरिएको छ । बिगत केही दिनदेखि बढिरहेको गर्मीले गर्दा पठन पाठनमा समस्या आएको भन्दै विद्यालयहरु बन्द गरिएको हो ।

महानगरको शैक्षिक प्रशासन महाशाखामा सरोकारवालाहरु बिच छलफल गरि सो निर्णय गरिएको जनाईएको छ । निर्णय अनुसार भोली २ गते देखि ४ गते सम्म विद्यालयहरु बन्द हुनेछन् । पछिल्लो समय गर्मी बढ्दा चितवन लगायत तराई तथा काठमाण्डौं उपत्यकाको समेत जनजिवन प्रभावित भएको छ ।