विद्यार्थी, शिक्षकलाई मोबाइल चलाउन रोक

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले शिक्षक र विद्यार्थीलाई मोबाइल प्रयोगमा रोक लगाएको छ । असार १० गते स्वीकृत गाउँसभाको नीति तथा कार्यक्रम बमोजिम कक्षा १२ सम्मका विद्यार्थी र उनीहरुलाई पढाउने शिक्षकलाई समेत विद्यालयमा मोबाइल प्रयोग निषेध गरिएको हो ।

गाउँपालिकाले साउन १ गतेबाट शिक्षक र विद्यार्थीलाई मोवाइल प्रयोग गर्न नदिन गाउँपालिकाभरिका प्रधानाध्यापकहरुलाई प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेले बिहीबार पत्राचार गरेका छन् ।