स्कुल बस दुर्घटनामा दुई शिक्षिका र एक विद्यार्थी घाइते

मोरङको बुढीगंगा गाउँपालिका–३ मा रहेको जेभियर्स बोर्डिङ स्कुलको बस नहरमा पलिंटा भएको दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा दुई शिक्षिका र एक विद्यार्थी छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख १९८२ नम्बरको बस विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई साइड दिने क्रममा चिप्लिएर पानी बगिरहेको नहरमा खसेको प्रहरीले जनाएको छ ।

स्कुल जाने विद्यार्थी उठाउँदै हिंडेको बस दुर्घटना हुँदा सोही विद्यालयकी शिक्षिका बुढीगंगा–३ की २२ वर्षीय सम्झना अधिकारी, २४ वर्षीय रिविसा घिमिरे र कक्षा ३ मा अध्ययनरत विद्यार्थी ८ वर्षीय सुरक्षा पौडेल घाइते भएका छन् ।