ताजा समाचार

श्रावण १५ गते २०७६

कञ्चनजंघामा अंग्रेजी हिज्जे


पोखरा ११ फुलबारीमा अवस्थित कञ्चनजंघा माध्यमिक विद्यालयमा बुधबार वार्षिक कार्यतालिकाअनुसार आधारभूत तह स्तरीय अन्तरसदनात्मक अंग्रेजी हिज्जे प्रतियोगिता भएको छ।

विद्यालयका भाइस प्रिन्सिपल डिल्लीजंग गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा हरियो सदनका नुमा गुरुङ, सृजन सिलाकार,रोशनी गुरुङ र कृष्ण गुरुङको समूह प्रथम र नीलो सदनका मिलन बसेल,सोनिया गुरुङ,अस्विन गुरुङ र समीर तामाङको समूह द्वितीय भएका थिए।

कार्यक्रममा अंग्रेजी विषय प्रमुख अमृत जिसी हिज्जे मास्टर, शिक्षकहरु खेमकुमारी थापा, प्रतिमा राना र सबिना राना निर्णायक थिए । बुधबारदेखि नै अभिभावक विद्यालयबीच अन्तक्र्रिया पनि सुरु भएको छ।

पहिलो चरणमा कक्षा नर्सरीदेखि युकेजीका विद्यार्थीका अभिभावकसँग अन्तरक्रिया भएको छ। विभिन्न चरणमा अभिभावकसँग सञ्चालन गरिने कुरा प्रिन्सिपल मित्रलाल पोख्रेलले बताए ।