शिक्षा

विद्यालयमा बम भेटियो तर डिस्पोज भोली गरिदै

हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा पाँच ताक्लामा रहेको बागेश्वरी विद्यालयमा सकेट बम भेटिएको छ। आज विहान बागेश्वरी विद्यालयको खेलमैदान बनाउने क्रममा ढुंगाको तलपट्टी दुईवटा सकेट बम भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले बताए। विद्यालय अगाडीको खेलमैदान स्थानीयले मर्मत गर्ने क्रममा सकेट बम भेटिएको हो। दोजाम प्रहरी चौकीका सहायक निरीक्षक चिन्तामणी पोखरेल नेतृत्वको प्रहरी टोली बम रहेको विद्यालय ताक्ला पुगेको छ। विद्यालयमा पुराना दुईवटा सकेट बम रहेको… पुरा पढौ

कानुन संकायतर्फ बिद्यार्थी आकर्षित हुदै

काठमाडौँका असिम सापकोटाले यसबर्ष एसईई परीक्षामा ३.८५ जीपीए ल्याए । उनी हाल कानुन बिषय अध्ययनको लागि काठमाडौँमै राम्रो कलेज खोज्दै हिडिरहेका छन् । उनलाई नेपालको कानुन क्षेत्रको बारेमा अध्ययन गर्ने र पछि गएर यहि क्षेत्रमा भविष्य बनाउने रहर भएकोले कानुन बिषयनै पढ्ने सोच बनाइरहेका छन् । नेपालमा प्लस टु तहमा कानुन बिषय आएको जम्मा एक वर्ष भयो । अघिल्लो वर्ष निकै कम बिद्यालयले यो संकायमा अध्यापन सुरु गरेपनि यस वर्ष भने धेरै बिद्यालयमा कानुनको… पुरा पढौ

एसईई पूरक परीक्षा मिति सार्वजनिक (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार उक्त पूरक परीक्षा आगामी साउन २६ र २७ गते सञ्चालन गरिनेछ। जसअनुसार एक विषयमा मात्र… पुरा पढौ

अनिश्चितकालिन तालाबन्दी गरिएका २२ विद्यालय पुन: सुचारु

आइतबारदेखि अनिश्चितकालका लागि तालाबन्दी भएका जुम्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ विद्यालय आजदेखि खुलेका छन । गाउँपालिका अध्यक्ष देवलसिंह रावल र गाउँपालिका अन्तर्गतका शिक्षा विभाग प्रमुख नवीन शर्माले निजी शिक्षकहरुको समस्या समाधान गर्ने आश्वासन दिएपछि ती सबै विद्यालयका तालाहरु खोलेर पठनपाठन सुचारु गरिएका हुन् । विद्यालयमा तालाबन्द गरी विद्यार्थीहरुको पढाइमा अवरोध नगर्न अध्यक्ष रावल र शिक्षा विभाग प्रमुख शर्माको आग्रहलाई शिक्षकहरुले स्वीकार गर्दै विद्यालय खोलिएको निजी शिक्षक सङ्घर्ष समितिका कोषाध्यक्ष तथा शान्ति… पुरा पढौ

सिद्ध माविलाई सिद्धार्थ बैंकको सहयोग

सिद्धार्थ बैंक लिमिटेड बुद्धचोक शाखाले पोखरा १५ फलेपाटनस्थित सिद्ध माविलाई ७५ हजारका शैक्षिक सामग्री सहयोग गरेको छ । ३० जना विद्यार्थीका लागि २ हजार ५ सयका दरले शैक्षिक सामग्रीका लागि बैंकले सहयोग गरेको बुद्धचोक शाखाका शाखा प्रमुख कमल भण्डारीले बताए । अरु ठाउँमा सहयोग गरेमा एकछिनलाई हुने तर विद्यालयमा गरे त्यसको फाइदा दीगो रुपमा गर्ने हुनाले बैंकले शिक्षामा क्षेत्रमा सहयोग गरेको उनको भनाइ छ । पोखरा १५ का वडाध्यक्ष प्रकाश… पुरा पढौ

२२ वटा विद्यालयमा अनिश्चितकालिन तालाबन्दी

जुम्ला जिल्लाको सिञ्जा गाउँपालिकाभित्रका २२ वटा निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । एक दशकसम्म तलब नपाएको भन्दै निजी शिक्षकले विद्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकाका २२ वटै प्राथमिक, माध्यामिक र उच्चमाध्यमिक विद्यालयमा कार्यरत ६३ शिक्षकले विद्यालयमा एकमुष्ट तालाबन्दी गरेको निजी शिक्षक संघर्ष समितिका कोषाध्यक्ष तथा शान्ति आधारभूत विद्यालय तल्लोगोठीका निजी शिक्षक हरिबहादुर रोकायाले बताए । ती विद्यालयका शिक्षकले व्यवस्थापन समितिलाई तलब उपलब्ध गराउन असार ११ गतेका दिन चार दिनको… पुरा पढौ

एसईईमा सोचे जस्तो रिजल्ट आएन: युवतीले गरिन् आत्महत्या

माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सोचेजति नम्बर नआएका कारण काठमाण्डुमा एक किशोरीले आत्महत्या गरेकी छन् । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ स्थायी घर भई हाल काठमाण्डुको चन्द्रागिरी नगरपालिका–१२ बलम्बु बस्ने सदिक्षा पौडेलले शनिबार झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले बलम्बु माविबाट एसईई परीक्षा दिएकी थिइन् । प्रहरीले एसईईमा ए प्लस नआएका कारण उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ । बिहीबार सार्वजनिक भएको एसईई नतिजामा उनले ३ जिपीए ल्याएकी थिइन् । शव… पुरा पढौ

व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्याउल हल आधारभूत विद्यालय (मदर्शा) सुनसरीका तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक उपर आरोप/पत्र दायर गरेको छ । अख्तियारले जिल्ला शिक्षा कार्यालयबाट प्राप्त अनुदान रकम हिनामिना गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इसुन मियाँ र प्रधानाध्यापक कुरचलाल चौधरीविरुद्ध मुद्धा दायर गरेको हो । उनिहरु दुवै जनाले लापरवाही र बदनियत गरी शिक्षा कार्यालयबाट विभिन्न आर्थिक वर्षहरूमा विद्यालयको शौचालय निर्माण तथा छात्रवृत्तिको लागि प्राप्त अनुदान रकममध्ये ४ लाख ६०… पुरा पढौ

छोरीहरुलाई सित्तैमा एमएसम्म पढाउँदै स्थानीय सरकार

बझाङ, रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाचौँ नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६÷७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप प्रदान गर्ने बताए । लैङ्गिक समानता तथा समावेशीकरणका लागि उपभोक्ता समिति गठनमा… पुरा पढौ

कानूनका विद्यार्थीद्धारा सम्बन्ध विच्छेदको बहस

कास्की जिल्लामै पहिलो पटक ‍+२ तहमा कानुन अध्यापन गराउन लागेको भानुभक्त आवासीय मा.वी +२ स्कूल अफ ल पोखरा १ सिम्पानीले +२ तहमा कानुन अध्ययन गर्न चाहाने विद्यार्थी को मागलाई ध्यानमा राख्दै निःशुल्क प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गरिरहेको छ। प्रवेश परीक्षा तयारी कक्षा कै क्रममा विद्यार्थीलाई अदालती प्रकृया र बहसकला सँग परिचित गराउने उदेश्यका साथ आज विद्यालयको नमुना इजलास हलमा विद्यार्थीलाई एक काल्पनिक सम्बन्ध विच्छेद मुद्दामा बहस गर्न लगाइयो। कार्यक्रममा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं