भाद्र १२ गते २०७६

ताजा समाचार

भाद्र १२ गते २०७६

त्रिविमा ६० करोडको यस्तो खेल



त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनीयाँले उपकाशको केही दिनअघि निजी मेडिकल कलेजहरुलाई फाइदा हुनेगरी विवादस्पद निर्णय गरेको भेटिएको छ । 

निजी मेडिकल कलेज सञ्चालकहरुको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थीलाई भर्ना गर्ने बाटो खोलेका छन् । 

निर्णयबारे बैठकमा सहभागीहरुले फरक/फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनीयाँ लगायतले बैठकमै निर्णय भएको बताए ।

हाल निमित्त उपकुलपति रहेकी रेक्टर सुधा त्रिपाठीले निर्णबारे आफूलाई थाहा नभएको र कार्यालयमा बुझ्नुपर्ने प्रतिक्रिया दिइएन । 

यो निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरुले हालकै अवस्थामा एक शैक्षिक सत्रमा ६० करोड रुपैयाँ अतिरिक्त आर्जन गर्छन् । यो समाचार कान्तिपुर दैनिमा कृष्ण ज्ञवाली/सुदीप कैनीले लेखेका छन् ।