ताजा समाचार

भाद्र ८ गते २०७६

युनिप्स तीज गीत प्रतियोगितामा एकता प्रथम

अन्तर विद्यालय तीज गीत प्रतियोगिताको उपाधि पोखराको पस्र्याङस्थित एकता आवासीय विद्यालयले जितेको छ । प्रतियोगिता संस्थागत तथा निजी विद्यालय संगठन (युनिप्स) ले आयोजना गरेको हो ।

युनिप्समा आवद्धमध्ये १३ विद्यालय सहभागी प्रतियोगितामा एकताका एलिना श्रेष्ठ, विद्या पोखरेल, सुस्मिता सुनार, मरिना केसी र रीना राना सहभागी थिए ।

प्रतियोगितामा पिनाकल एकेडेमी द्वितीय, होली एन्जल स्कूल तृतीय र गण्डकी एजुकेशन फाउण्डेशनले सान्त्वना स्थान हासिल गर्यो ।

यस्तै उत्कृष्ट भेषभूषामा वेलनन एकेडेमी, उत्कृष्ट शब्द चयनमा कालिका बोर्डिङ स्कूल घोषित भयो ।

वेलनन स्कूलको व्यवस्थापनामा भएको प्रतियोगिताको निर्णायकमा सुरज आचार्य, करण तामाङ र शुष्मा ठकुरी रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी अध्यक्ष शंकर विरही गुरुङ नेपालको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षणमा विद्यालयको भूमिका महत्वपूर्ण हुने बताए ।

युनिप्सका अध्यक्ष सन्तबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव सन्तोष तिवारीले बोलेका थिए भने कार्यक्रम संयोजक विनोद नेपालीले स्वागत र अतिरिक्त क्रियाकलाप समितिका सहसंयोजक शिवहरि सुवेदीले सचालन गरेका थिए ।


Loading...