ताजा समाचार

भाद्र ६ गते २०७६

बिआइएममा कन्या क्याम्पस निल

ब्याचलर अफ इन्भरमेसन म्यानेजमेन्ट (बिआइएम) को २०७५ को नतिजा सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले अघिल्लो वर्षमात्र पोखराका ३ सामुदायिक कलेजलाई बिआइएम पढाउने अनुमति दिएको थियो ।

बिहीबार सार्वजनिक भएको नतिजा अनुसार कन्या क्याम्पस पोखरा ३ बाट बिआइएममा सहभागी सबै परिक्षार्थी अनुतीर्ण भएका छन् । कन्याबाट बिआइएम पहिलो सेमेस्टरमा २२ जना विद्यार्थी सहभागी थिए ।

यस्तै पोखरा १७ मा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसबाट बिआइएममा सहभागी १ जनामात्र उतीर्ण भएका छन् । गुप्तेश्वरबाट ६ जना परीक्षामा सहभागी थिए । त्रिविले गुप्तेश्वरलाई गत वर्ष ढिलो गरी सम्बोन्धन दिएको थियो ।

यता, पोखरा ८ सिमलचौरको जनप्रिय बहुमुखी क्याम्पसले भने अब्बल नतिजा हासिल गरेको छ । जनप्रियबाट बिआइएममा सहभागी २९ विद्यार्थीमध्ये १३ जना उत्तीर्ण भएका छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।


Loading...