ताजा समाचार

श्रावण ३० गते २०७६

त्रिवेणी पब्लिकमा नवआगन्तुक विद्यार्थी र अभिभावकलाई स्वागत

पोखरा महानगरपालिका वडा नं. २७ अर्घौंचोकस्थित त्रिवेणी पब्लिक माविले नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत गरेको हो । विद्यालयले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थी तथा अभिभावकलाई स्वागत गरेको हो ।

कार्यक्रममा वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्यालयलाई आगामी दिनमा प्राविधिक शिक्षातर्फ पनि जोड दिन आग्रह गर्दै विद्यार्थीको सकारात्मक कार्यलाइ वडाले सधैं साथ दिने बताए ।

इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख मोहनबिक्रम खाणले विद्यार्थीलाई खराब संगतमा नपर्न र लागुऔषध दुर्व्यसनबाट जोगिन आग्रह गरे ।

विद्यालयका प्राचार्य राजेन्द्र पौडेलले नवआगन्तुक विद्यार्थीलाई आफ्नो शैक्षिक भविष्य उज्जवल बनाई त्रिवेणी पब्लिक माविलाई ज्ञान आर्जनको थलो बनाउन आग्रह समेत गरे ।

विद्यालयका प्लस टु संयोजक गोविन्द भण्डारीले विद्यालय र अभिभावाक सधैं विद्यार्थीको शैक्षिक उपलब्धिका लागि सहकार्यमा रहनु पर्ने भएकाले आफ्नो नानिबाबुको प्रगति विवरण बुझ्न विद्यालयमा आइराख्न आग्रह गरे ।

विद्यालय व्यस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम विद्यालयका संस्थापक सदस्य प्रकाश सुवेदी, विद्यार्थीहरू दिपेश थापा र दीक्षा शाहले सञ्चालन गरेका थिए ।

विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी, अभिभावक तथा विद्यालय प्रशासन बिच त्रिपक्षीय करारनामा पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

यस शैक्षिक सत्रमा त्रिवेणी पब्लिक माविमा कक्षा ११ मा १ सय ५० विद्यार्थी भएको विद्यालय प्रशासनले जनाएको छ ।

वि.स २०५२ सालमा स्थापना भएको विद्यालयले हाल कक्षा ११ र १२ मा होटल म्यानेजमन्ट र म्यानेजन्ट विषय अध्यापन गराउँदै आइरहेको छ ।