शिक्षा

चितवन मेडिकल कलेजका विद्यार्थीको आन्दोलन स्थगित, के-के भयो सहमति ?

सहमतिअनुसार बढी लिएको शुल्क फिर्ता गर्न २४ घण्टे अल्मिमेटम दिएका चितवन मेडिकल कलेजका विद्यार्थीहरुले आन्दोलन गर्ने तयारी स्थगित गरेका छन् । बडादशैं नजिक आएको र हरेक विद्यार्थीहरु घर जानुपर्ने भएकाले हाललाई आन्दोलन स्थगित गरिएको चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले जानकारी दिए । ‘दशैंलाई लक्षित गरी हामीले आन्दोलन स्थगित गर्‍यौं’, उनले भने, ‘असोज २७ गतेबाट फेरि आन्दोलन सुरु गर्छौं ।’ अध्यनरत विद्यार्थी र उनीहरुका अभिभावकले आइतबार मात्रै विज्ञप्ति जारी… पुरा पढौ

शिक्षामा योगदान दिन रमाकान्त निर्मला फाउण्डेशन स्थापना

पोखराका शिक्षासेवीद्वय रमाकान्त बराल र निर्मला बरालले फाउण्डेशन स्थापना गरेका छन् । शिक्षा र आधारभूत सुविधाबाट बञ्चित भएकाहरूलाई सघाउने उद्देश्य अनुरुप उनीहरूले फाउण्डेशन स्थापना गरेको बताइन्छ । फाउण्डेशनको नाम ‘रमाकान्त निर्मला फाउण्डेशन’ राखिएको छ । फाउण्डेशनले सामाजिक सेवा गर्ने उद्देश्य समेत राखेको छ । सरकारको नीति नियममा आधारित रही सञ्चालन हुनेगरी फाउण्डेशन स्थापना गरिएको हो । १० लाख ५ सय ५५ रुपैयाँ सिड मनिको रुपमा रकम उपलब्ध गराई फाउण्डेशन स्थापना… पुरा पढौ

वर्गीय समाजमा वर्गसापेक्ष माग राख्छौं : अधिकारी

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिती कास्कीको पहिलो जिल्ला परिषद भएको छ । कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षकहरुको हकहितको लागि संगठन लागि परिरहेको र लागि परिरहने बताए । ‘समाज नै वर्गीय भएकोले शिक्षा र शिक्षकका संगठन हरु पनि वर्गीय नै छन् । विश्वका शिक्षक हरुको फोरममा हाम्रो उपस्थिति हाम्रै वर्ग सापेक्षतामा हुनु पर्दछ। शिक्षकहरु आफ्नो अधिकार सँगसँगै कर्तब्य मा पनि उत्तिकै चनाखो हुनुपर्छ,’ अधिकारीले भने । नेकपा… पुरा पढौ

डायमण्ड माविमा पढाइ महोत्सव

पोखराको लेखनाथस्थित डायमण्ड माविमा दोस्रो पढाइ महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए । कार्यक्रममा विद्यार्थीले अंग्रेजी र नेपाली भाषाका कथा, प्रबन्ध कबिता विधामा सामुहिक वाचन प्रस्तुत गरेका थिए भने तहगत रुपमा अक्षर, शब्द, वाक्य, निवेदन, चिठी, संवाद, चित्रकथा, सूचना, बधाई पत्र, समबेदना पत्र, विज्ञापन आदिको नमूना वाचन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाध्यक्ष पूर्णकुमार गुरुङले कलिलो उमेरमा बालबालिकाको पठनपाठनमा अभिरुचि बढाउन सकेको खण्डमा… पुरा पढौ

कन्या माविका विद्यार्थीलाई न्यानो कपडा

भूतपूर्व विद्यार्थी संंघ कन्या मावि पोखराले छात्राहरूलाई न्यायो कपडा वितरण गरेको छ । शुक्रबार विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी कक्षा ८ मा अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । कक्षा ८ मा अध्ययन गर्ने ४७ जना छात्रालाई स्वीटर प्रदान गरिएको थियो । शुक्रबार वितरण गरिएको रातो रंगको स्वेटर विद्यार्थीहरूको जाडोको पोशाक पनि हो । जाडोको मौसम शुरु हुन लागेसँगै छात्राहरूले न्यायो पोशाक लगाइ सहजरुपमा अध्ययन गर्न सकुन् भनेर सहयोग… पुरा पढौ

विन्ध्यवासिनीका २ विद्यार्थीलाई आर्थिक सहयोग

कोरियाली नागरिक एलेक्स हृयुङ उन्होले पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी माविका २ विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् । हाल अमेरिकाको टेक्सास राज्यमा कक्षा ११ मा अध्ययन गर्ने उन्होसहितका ११ जना कोरियाली विद्यार्थीको समूहले ३२ हजार ६ सय ४५ रुपैयाँ उपलब्ध गराएको विद्यालय शिक्षक ईश्वर खड्काले जानकारी दिए । सहयोग रकम शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीद्वय ईश्मा गुरुङ र शान्ति घलेलाई विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक ईश्वर… पुरा पढौ

अध्यापन अनुमति पत्रको परीक्षामा प्रश्न पत्रमै उत्तर भेटियो

शिक्षक सेवा आयोगले प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको बिहीबारदेखि लिइरहेको परीक्षामा प्रश्न पत्रमै उत्तर भेटिएको छ । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस ‘क’ केन्द्रमा अङ्ग्रेजी विषयको समूह ‘घ’ को वस्तुगत प्रश्नको वैकल्पिक सहि उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि शुक्रबार गुल्मीमा ४० मिनेट परीक्षा स्थगित गरी पुनः परीक्षा गराइएको हो । आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तर कुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले… पुरा पढौ

निजी मेडिकल कलेजको स्वामित्व सरकारले लिएर चलाओस् : अनेरास्ववियु

सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले यस्तो आग्रह गरेको हो । अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति निकालेर भनेका छन्, ‘राज्यको नीति नियममा बसेर साँच्चिकै कलेज चलाउन नसक्ने हो भने राष्ट्रिय चिकित्सा शिक्षा ऐनको प्रावधान समेतलाई दृष्टिगत गर्दै त्यस्ता कलेजहरुको जिम्मा लिएर आफैं सञ्चालन गर्न वा… पुरा पढौ

स्कुलका शिक्षकलाई जीवन उपयोगी सीप तालिम

पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार एक समारोहका बीच भएको छ । तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था बाल हीतकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस्ता तालिमहरुले शिक्षकहरुलाई उत्प्रेरित गर्ने बताए । गैर सरकारी संस्थाहरुले सरकारले खनेको जगमा नै इटा थप्नेमा काम गर्ने कुरा उल्लेख गर्दे अध्यक्ष पहारीले तालिमलाई सफल… पुरा पढौ

१५ गुणा बढी शुल्क असुल्दै पार्दी मावि

महेश राई दिउँसो एउटा रेस्टुरेन्टमा काम गर्छन् । बिहान जनप्रिय माविमा पढ्छन् । भोजपुर घर भएका महेशकी आमा पोखरामै तरकारी बेच्छिन् । गरिब परिवारका उनले रेस्टुरेन्टले अग्रीम पैसा दिएकाले कक्षा ११ मा भर्ना गरे तर एसइईको प्रमाणपत्र निकालेर बुझाउन सकेका छैनन् । पोखरा १७ को पार्दी माविबाट एसइइ गरेका उनीसँग स्कुलले प्रमाणपत्र शुल्क ३ हजार माग्यो । उनका ३ जना साथीले ३ हजारै तिरेर प्रमाणपत्र निकाले । बाँकीले निकाल्न सकेका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं