ताजा समाचार

असाेज ११ गते २०७६

डायमण्ड माविमा पढाइ महोत्सव

पोखराको लेखनाथस्थित डायमण्ड माविमा दोस्रो पढाइ महोत्सव सम्पन्न भएको छ । कार्यक्रममा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थी सहभागी थिए ।

कार्यक्रममा विद्यार्थीले अंग्रेजी र नेपाली भाषाका कथा, प्रबन्ध कबिता विधामा सामुहिक वाचन प्रस्तुत गरेका थिए भने तहगत रुपमा अक्षर, शब्द, वाक्य, निवेदन, चिठी, संवाद, चित्रकथा, सूचना, बधाई पत्र, समबेदना पत्र, विज्ञापन आदिको नमूना वाचन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्ष पूर्णकुमार गुरुङले कलिलो उमेरमा बालबालिकाको पठनपाठनमा अभिरुचि बढाउन सकेको खण्डमा विद्यार्थीको पढाइमा राम्रो विकास हुने बताए ।

उनले कार्यक्रमले स्वदेशमा नै रोजगारीको सृजना गर्न सकेर विदेशिने युवा जनशक्तिमा कमी ल्याउन सकिनेमा यस प्रकारको कार्यक्रम फलदायी हुने बताए ।

कक्षा नर्सरीबाट पाँच कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको पढाइमा अभिरुचि बढाउनुको साथै पढ्ने कलाको विकास गर्ने उद्द्ेश्यले पढाइ महोत्सव गरिएको बताइन्छ ।

नेपाली तथा अंग्रेजी दुबै विधामा विद्यार्थीको पढ्ने कलाको विकास गराउने महोत्सवको मुख्य उद्देश्य रहेको साथै विद्यार्थीले विभिन्न समयमा विभिन्न तरिका अपनाएर पठनपाठनमा सरिक हुन सक्ने जानकारी गराएका छन् ।

ससाना बालबालिकाहरूको सर्वांगिण विकासका लागि घर र विद्यालयको वातावरण सिकाइ अनुकूल हुनुपर्नेमा जोड दिंदै आयोजना गरिएको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको विद्यालयका निर्देशक माधवशरण उपाध्यायले जानकारी बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज लामिछानको अध्यक्षतामा भएको कार्यक्रममा व्यवस्थापक हरि लामिछानले स्वागत र संचालन सुष्मा पौडेल र कविता गुरुङले गरेका थिए ।


Loading...