शिक्षा

एमडी, एमएस, एमडीएमएसको प्रवेश परीक्षा कात्तिक ९ गते हुने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी–एमएस–एमडीएमएसको प्रवेश परीक्षा यही कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६–७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई यही १ कात्तिकमा निर्देशन दिएपछि कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो ।          स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका… पुरा पढौ

एमबिबीएस र बिडीएसको सिट संख्या कति ?

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ। चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो। काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ। काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र  बिडीएस ५०) पाटन… पुरा पढौ

आफ्नै बुहारीलाई सदस्य बनाउन फर्जी कागजात

प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्र्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ । लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगजस्तो महत्त्वपूर्ण र संवेदनशील निकायमा फर्जी कागजातका आधारमा… पुरा पढौ

मेडिकल कलेज सञ्चालकको धम्की, ‘पढाउन सक्दैनौँ’

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शिक्षण शुल्कमा विद्यार्थी भर्ना नसक्ने निजी मेडिकल कलेज सञ्चालकहरुले जनाएका छन् ।  आयोगले राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा एमबीबीएस र बीडीएसको शुल्क तोकेपछि सञ्चालकहरुले विद्यार्थी भर्ना नलिने चेतावनी दिएका हुन् ।  सञ्चालकहरुको पटक–पटक यस्तो धम्कीबाट प्रवेश परीक्षा सकेर कलेज छनोट र भर्नाको प्रक्रियामा रहेका विद्यार्थी अन्योलमा परेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  पुरा पढौ

सुन खानी भत्किँदा १५ को मृत्यु, १३ जना वेपत्ता

रूसको साइबेरिया क्षेत्रमा शनिबार एक सुन खानी भत्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको रूसी अधिकारीले बताएका छन्। घटनामा कम्तीमा १३ जना पुरिएर वेपत्ता भएका बताइएको छ। गैरकानूनी रूपमा सुन निकाल्न साइबा नदीमा बनाइएको गैरकानूनी बाँध भत्किँदा क्रास्नोभास्र्कस्थित खानीमा काम गर्ने श्रमिकको मृत्यु भएको रूसले जनाएको छ। खानीमा काम गर्ने श्रमिक सुतिरहेको समय बाँध फुटेर आएको हिलोसहितको पानीले उनीहरूलाई बगाएको रूसी सञ्चारमाध्यमहरूले बताएका छन्। घटनापछि करिब ३०० उद्धारकर्मी र छ हेलीकोप्टर… पुरा पढौ

एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा स्थगित

चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्काे सूचना जारी नभएसम्म स्थगित गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा सञ्चालन गर्न शुक्रबार न्याम्सलाई निर्देशन दिएपछि परीक्षा स्थगित भएको थियो । पूर्व सूचनाअनुसार आज परीक्षा सञ्चालन हुँदै थियो ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डिन प्रा डा पियूष दाहालले मन्त्रालयको निर्देशनअनुसार… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय शिक्षक तालिम हुने

पोखरा–११ स्थित शिवशक्ति क्याम्पस शिक्षक तालिम तथा कार्यशाला गोष्ठी हुँदैछ । कार्यक्रम यहि कार्तिक ३ देखि ७ गतेसम्म हुँदैछ । तालिमको तयारी पूरा भएको क्याम्पसले जनाएको छ । तालिमलाई नेदरल्याण्डस्थित थिओला फाउन्डेशन र केपिजे विश्वविद्यालयका प्राध्यापक थिओ, हुलसोफ र दिर्की भिजा र नेपालका पाठ्यक्रम विज्ञ प्रा.डा. तीर्थ पराजुलीले सहजीकरण गर्ने बताइन्छ । उक्त अवसरमा युनिभर्सिटी अफ भ्यालेन्सिया स्पेनका शिक्षकहरू पनि अनुभव आदानप्रदान गर्न सहभागी हुनेछन् । क्याम्पसका अध्यक्ष दामोदर बाँस्तोलाका… पुरा पढौ

स्थानीय तहलाई शिक्षक नियुक्त गर्न रोक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ। मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शिक्षक नियुक्त नगर्न देशभरका नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँपालिकालाई पत्राचार गरेको थियो। यस किसिमको ‘निर्देशन’ले संविधानले स्थानीय तहलाई दिएको अधिकार कटौती गरेको जनप्रतिनिधिले बताएका छन्। आयोगले पर्साको जगरनाथ गाउँपालिकाको कार्यालयले राहत शिक्षक… पुरा पढौ

मन्टेसरी एशोसिएशनको अध्यक्षमा मीलन केसी

मन्टेसरी एशोसिएशन कास्कीको अध्यक्षमा मीलन केसी चयन भएकी छन् । संस्थाको हालै भएको अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा शाल्वी मर्सानी बाँस्तोला, सचिवमा सावित्री थापा मोक्तान, सहसचिवमा जनार्दन सुवेदी, कोषाध्यक्षमा रीतादेवी सुवेदी रहेका छन् । यसैगरी संस्थाको सदस्यहरूमा अप्सरा अधिकारी, रीता पौडेल, निरामणि गौतम, नारायणी कुँवर, संगीता न्यौपाने अधिकारी, संगीता सुवेदी, किरणसिंह कार्की र गोमा कार्की रहेका छन् । पुरा पढौ

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस, को-को हुन् ?

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भगवान कोइरालासहित तीन जनाको नाम सिफारिस भएको छ । हाल निमित्त उपकुलपतिको जिम्मेवारीमा रहेकी प्रा.डा. सुधा त्रिपाठीको नाम भने सिफारिसमा परेको छैन । डा. भगवान कोइराला बालुवाटार स्रोतका अनुसार त्रिविको उपकुलपतिका लागि सिफारिस तीन जनाको नामावलीमा डा. भगवान कोइरालाको नाम पहिलो नम्बरमा छ । यसैगरी डा. धर्मकान्त बास्कोटा र डा. चन्द्रमणि पौडेलको नाम क्रमशः दोस्रो र तेस्रो नम्बरमा परेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञसमेत रहेका डा.… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं