मन्टेसरी एशोसिएशन कास्कीको अध्यक्षमा मीलन केसी चयन भएकी छन् । संस्थाको हालै भएको अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा शाल्वी मर्सानी बाँस्तोला, सचिवमा सावित्री थापा मोक्तान, सहसचिवमा जनार्दन सुवेदी, कोषाध्यक्षमा रीतादेवी सुवेदी रहेका छन् ।
यसैगरी संस्थाको सदस्यहरूमा अप्सरा अधिकारी, रीता पौडेल, निरामणि गौतम, नारायणी कुँवर, संगीता न्यौपाने अधिकारी, संगीता सुवेदी, किरणसिंह कार्की र गोमा कार्की रहेका छन् ।





