एमबिबीएस र बिडीएसको सिट संख्या कति ?

नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबिबीएस र बिडीएसको सिट सङ्ख्या निर्धारण गरेको छ।

चिकित्सा शिक्षा आयोगको विशेष आग्रहमा काउन्सिलले नयाँ शैक्षिकसत्र २०७६/७७  लागि  मेडिकल कलेजहरुका लागि नयाँ सिट निर्धारण गरेको हो।

काउन्सिलले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिट सङ्ख्या निर्धारण गरेको जनाएको छ।

काउन्सिलका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान (एमबिबीएस १०० र  बिडीएस ५०) पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (एमबिबीएस ६५), काठमाडौँ स्कूल अफ मेडिसीन धुलिखेल (एमबिबीएस ८५ र  बिडीएस ५०), नोबेल मेडिकल कलेज (एमबिबीएस १०० र  बिडीएस ३५) ले सिट प्राप्त गरेका छन्।

यसैगरी विराट मेडिकल कलेज (एमबिबीएस ७५), काठमाडौँ मेडिकल कलेज (एमबिबीएस १०० र  बिडीएस ५०), नेपाल मेडिकल कलेज ( एमबिबीएस १०० र  बिडीएस ५०), कलेज अफ मेडिकल साइन्सेस ( एमबिबीएस १०० र  बिडीएस ५०) र लुम्बिनी मेडिकल कलेज ( एमबिबीएस १००), नेपालगञ्ज मेडिकल कलेज (एमबिबीएस १००), मनिपाल मेडिकल कलेज (एमबिबीएस १००), देवदह मेडिकल कलेज ( एमबिबीएस ५०) र कान्तिपुर डेन्टल कलेज (बिडीएस ५०) को सिट सङ्ख्या निर्धारण गरेको काउन्सिलले जनाएको छ।