शिक्षा

अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी

निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना नगर्ने चेतावनी दिँदै आएका छन् । गण्डकी मेडिकल कलेजको हकमा गत फागुनमै एक महिनाभित्र बढी असुल गरिएको शुल्क फिर्ता गर्ने सहमति भएको थियो । तर, सो सहमति अझै कार्यान्वयनमा नआएको विद्यार्थी अनित सिन्हाले बताए ।… पुरा पढौ

सेमेस्टर प्रणालीका समस्या र चुनौती के-के हुन् ?

१. पृष्ठभूमित्रिभुवन विश्वविद्यालय राष्ट्रको गौरव हो । प्रथम विश्वयुद्धको समाप्तिसँगै त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षाको प्रारम्भ गरेको हो । नेपालीको बलिदानले गर्दा अंग्रेज सरकारले आफ्ना सेनामा नेपाली युवाहरूलाई भर्ना गर्ने चाहना बढायो । अंग्रेज सरकारले प्रधानमन्त्री जङ्गबहादुर राणालाई नेपाली युवा भर्ना गर्न अनुमति मागे तर जङ्गबहादुर र रणोद्दिप सिंहले यस कुरालाई अस्वीकार गरे । रणोद्दिप सिंहको हत्या गरेर प्रधानमन्त्री भएका वीर शमशेरलाई अंग्रेजले खुसी पार्नु थियो, जसले गर्दा नेपाली युवालाई गोरखपुरमा… पुरा पढौ

‘पोखराको बाराही माविलाई नमुना बनाउनुपर्छ’

पोखराको मालेपाटनस्थित बाराही माविलाई मुलुककै नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिइएको छ । बाराही पुरानो विद्यालय भएर पनि फड्को मार्न नसक्नु दुःखद् भएको भन्दै सरोकारवालाले यसको विकास र विस्तारमा सबै लाग्नुपर्ने खाँचो समेत औंल्याए । विद्यालय व्यवस्थापन समितिले आयोजना गरेको विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि के गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासंग छलफल गरेको थियो । शुक्रबार भएको छलफलमा विभिन्न विषयका शिक्षाविद्, शिक्षासेवी, विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सल्लाहकार, समाजसेवी, जनप्रतिनिधि सहभागी थिए… पुरा पढौ

उपकुलपतिका लागि ४० जनाले बुझाए विवरण

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ विश्वविद्यालयका उपकुलपति र दुई विश्वविद्यालयका सेवा आयोगका अध्यक्षसहित सदस्य हुन इच्छुकलाई आवेदन माग गरेपछि ४० जनाले आवेदन दिएका छन्। सात दिनभित्र आफ्नो व्यक्तिगत संक्षिप्त विवरण बुझाउन शिक्षा मन्त्रालयले आह्वान गरेपछि शिक्षा क्षेत्रमा योगदान दिएका व्यक्तिहरूले हिजो बिहीबारसम्म व्यक्तिगत विवरण पेस गरेका हुन्। ‘उनीहरूले इमेल, मन्त्रालयको उच्च शिक्षा महाशाखा, मन्त्रीको सचिवालय र सचिवलाई नाम उपलब्ध गराएका हुन्।’ मन्त्रालय स्रोतले भन्यो। इमेलबाट आवेदन नहाल्नेले मन्त्रालयमै पुगेर… पुरा पढौ

सिंगापुर पढ्न गए गगन थापा

नेपाली काँग्रेसका नेता गगन थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् ।  उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि सिंगापुर पुगेको जानकारी दिएका हुन् ।  सिंगापुरको नानयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा एक साता रहने र त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए… पुरा पढौ

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे कर्कश मारिएको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै नम्वर एक आतंकवादी मुस्लिम संगठन आइएसआइएसका उत्तराधिकारी अव्दुल्लाह कर्दश पनि मारिएको घोषणा गरेका छन्। आइएसआइएसका प्रमखु अबु बकर अल वगदादी सिरियाको पश्चिम उत्तर क्षेत्रमा मारिएको दुई दिनपछि उनका उत्तराधिकारी रहेको विश्वास गरिएका कर्दश पनि मारिएको ट्रम्पले जनाएका हुन्। ट्रम्पले ट्वीट गर्दै सो घोषणा गरेका हुन्।  यसअघी आइतवार सिरिया इराक लगायतका देश हुँदै संसारभर आतंककारी गतिविधी गर्दै आएका वगदादीलाई अमेरिकी सेनाले सिरियामा मारेको ट्रम्पले घोषणा गरेका थिए।… पुरा पढौ

डायमण्ड स्कूलका विद्यार्थी र शिक्षक पूर्वी नेपाल भ्रमणमा

पोखरा महानगरपालिका वडा नं. २७, लेखनाथस्थित डायमण्ड माविले भ्रमण आयोजना गरेको छ । भ्रमणमा स्कीलका विद्यार्थी र शिक्षकहरू सहभागी छन् । उनीहरूले नेपालको पूर्वी भूभाग तथा सिक्किमसम्मको भ्रमण गर्ने विद्यालले जनाएको छ । भ्रमणका क्रममा उनीहरूले धार्मिक तीर्थस्थल एवं ऐतिहासिक धरोहरहरूको अवलोकन गरी जानकारी लिनेछन् । विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भ्रमण आयोजना गरिएको शिक्षक विकास लामिछानेले जानकारी दिए । भ्रमणले विद्यार्थीलाई कितावी शिक्षाका अलावा विभिन्न कुराको प्रत्यक्ष अनुभव आदान–प्रदान र… पुरा पढौ

चिकित्सा शिक्षा ऐनविपरित किन कटौती गरियो छात्रवृत्ति ?

चिकित्सा शिक्षा ऐनको प्रावधानअनुसार सार्वजनिक मेडिकल कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था खुम्चाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधानविपरीत बुधबार ७५ प्रतिशत छात्रवृत्तिका लागि आवेदन दिन सार्वजनिक सूचना प्रकाशित गरेको छ ।  सूचनामा ७५ प्रतिशत छात्रवृत्ति पाउने शिक्षण संस्था तीनवटा मात्र रहेको उल्लेख छ । त्रिभुवन विश्वविद्यालयको महाराजगन्ज चिकित्सा क्याम्पस, पाटन स्वाथ्य विज्ञान प्रतिष्ठान ललितपुर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानमा मात्र विद्यार्थीले ७५ प्रतिशत… पुरा पढौ

उपकुलपति छान्न आवेदन माग, एक साताभित्र दरखास्त दिनुपर्ने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन विश्वविद्यालयको उपकुलपति छनोट गर्न आवेदन माग गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले योग्यताको आधारमा छनोट गर्न आवेदन माग गरेको जानकारी दिए । मन्त्रालयले इच्छुक सरोकारवालालाई एक साता म्याद तोकेको छ। सोमबार मन्त्री पोखरेलसहितको सर्च कमिटीले कुलपति एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर त्रिविबाहेक अन्य विश्वविद्यालयमा आवेदन दिएकामध्येबाट उपकुलपति र सेवा आयोगका अध्यक्ष र सदस्य छनोट गर्न सहमति लिएपछि सूचना जारी… पुरा पढौ

एमबिबिएस र बिडिएस तहमा छात्रवृत्तिका लागि दरखास्त आह्वान

बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को छात्रवृत्ति सम्बन्धी प्रावधान कार्यान्वयनमा आएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐनको प्रावधान अनुसार पहिलो पटक चिकित्सा शिक्षा अन्तर्गतको एमबिबिएस र बिडिएस तहमा ७५ प्रतिशत निःशुल्क छात्रवृत्तिका लागि दरखास्त आह्वान गरेसँगै ऐनको प्रावधान पहिलो पटक कार्यान्वयनमा आएको हो ।  मन्त्रालयको छात्रवृत्ति शाखाले आज यहाँ जारी गरेको सूचनामा ती तहका प्रवेश परीक्षामा प्राप्त योग्यताको आधारमा छात्रवृत्ति निर्धारण गर्ने जनाउँदै छात्रवृत्तिको दरखास्त आह्वान गरेको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं