ताजा समाचार

कार्तिक ७ गते २०७६

डायमण्ड स्कूलका विद्यार्थी र शिक्षक पूर्वी नेपाल भ्रमणमा

पोखरा महानगरपालिका वडा नं. २७, लेखनाथस्थित डायमण्ड माविले भ्रमण आयोजना गरेको छ । भ्रमणमा स्कीलका विद्यार्थी र शिक्षकहरू सहभागी छन् ।

उनीहरूले नेपालको पूर्वी भूभाग तथा सिक्किमसम्मको भ्रमण गर्ने विद्यालले जनाएको छ । भ्रमणका क्रममा उनीहरूले धार्मिक तीर्थस्थल एवं ऐतिहासिक धरोहरहरूको अवलोकन गरी जानकारी लिनेछन् ।

विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत भ्रमण आयोजना गरिएको शिक्षक विकास लामिछानेले जानकारी दिए । भ्रमणले विद्यार्थीलाई कितावी शिक्षाका अलावा विभिन्न कुराको प्रत्यक्ष अनुभव आदान–प्रदान र विद्यार्थीमा रमाइलो अनुभूति गराउने विश्वास छ ।

ऐतिहासिक, मनोरमका साथै धार्मिक तीर्थस्थलको भ्रमण गर्दा विद्यार्थीमा नेपाली धर्म संस्कृति र संस्कारको समेत विकास हुने शिक्षक लामिछानेको विश्वास छ ।

अवलोकन भ्रमणले विकासको हिसाबले अत्तिसम्पन्न मानिएको सिक्किम, नेपालमा रहेका ऐतिहासिक धरोहरको प्रत्यक्ष जानकारी लिन सकिने र त्यसबाट धेरै ज्ञान हासिल गर्न सकिने विद्यार्थी शौरव सुबेदीले बताए ।

भ्रमण टोलीले बुढासुब्वा मन्दिर, फिक्कलको चिया बगान, चतराधाम, बराह क्षेत्र, कोशी व्यारेज, जनकपुरको रामजानकी मन्दिर तथा छिमेकी राष्ट्र भारतको सिक्किको विभिन्न मनोरम स्थल तथा प्रवित्र तीर्थस्थल ४ धामको समेत अवलोकन गर्ने कार्यक्रम रहेको विद्यालयका व्यवस्थापक प्रमुख हरि लामिछानेले जानकारी दिए ।