अमेरिकी राष्ट्रपति ट्रम्पले गरे कर्कश मारिएको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारकै नम्वर एक आतंकवादी मुस्लिम संगठन आइएसआइएसका उत्तराधिकारी अव्दुल्लाह कर्दश पनि मारिएको घोषणा गरेका छन्।

आइएसआइएसका प्रमखु अबु बकर अल वगदादी सिरियाको पश्चिम उत्तर क्षेत्रमा मारिएको दुई दिनपछि उनका उत्तराधिकारी रहेको विश्वास गरिएका कर्दश पनि मारिएको ट्रम्पले जनाएका हुन्। ट्रम्पले ट्वीट गर्दै सो घोषणा गरेका हुन्। 

यसअघी आइतवार सिरिया इराक लगायतका देश हुँदै संसारभर आतंककारी गतिविधी गर्दै आएका वगदादीलाई अमेरिकी सेनाले सिरियामा मारेको ट्रम्पले घोषणा गरेका थिए। ट्रम्पले पत्रकार सम्मेलन गरि बगदादी मारिएको जनाएका थिए। 

वगदादीलाई कार्वाही गर्नु राष्ट्रिय सुरक्षाको हिसावले आफ्नो प्रसासनको पहिलो प्राथमिकता रहिआएको उल्लेख गर्दै वगदादी मारेर न्याय गरेको ट्रम्पले बताएका थिए। उनका उत्तराधिकारी मारीएको घटनालाई समेत सोहि नीतिकै निरन्तरताको रुपमा हेरिएको छ। 

वगदादी मारिनुको पछाडी विगत पाँच महिनादेखि  गृहकार्य भएको बताइएको थियो। वगदादी लुकी बसेको स्थानको सूचना पाएको पन्ध्र मिनेटमै अमेरिकी सेनाले उसलाई मारेको थियो। अमेरिकी सेनाको आक्रमण पछि लुक्दै टनेलमा पसेका वगदादीलाई अमेरिकी सेनाको कुकुरले समेत झम्टेर तानेको थियो।

२ करोड ५० लाख डलरको पुरस्कारको घोषणा गरिएका वगदादीलाई  अमेरिकी सेनाले मार्ने क्रममा  वगदादीका ३ बालबालिका  समेत मारिएका छन्।

अमेरीकी सेनाबाट मारिने नै भएपछि उनले आफ्ना तीन छोराछोरी समेतलाई आफूसँगै बम विस्फोट गराएका थिए । उनको सुरक्षाका लागि रहेका  आइसीसका लडाकुहरु पनि अमेरिकी आक्रमणमा मारिएका छन्। 

वगदादी मारिएको घटनालाई अमेरिकी सेनाको  ठूलो सफलताको रुपमा चित्रित गर्दै ट्रम्पले एक निर्मम हत्याराको कुकुर झै मृत्यु भएको जनाएका थिए। 

संसारभर टाउको दुखाई भएका वगदादी पहिलो पटक सन् २०१४ मा सार्वजनिक भएका थिए । उनी सन् २०१० देखि इस्लामिक स्टेट अफ इराकको प्रमुखको रुपमा उदाएका थिए। उनले सन् २०१४ मा आफूलाई इस्लामिकहरुको खालिफको रुपमा आफूलाई घोषणा गरेका थिए। 

पाकिस्तानमा अमेरिकी सेनाले नै अलकायदा प्रमुख ‌ओसामा विल लादेन मारिएपछिको वगदादी मारिएको घटनालाई सबैभन्दा ठूलो सफलता मानिएको छ।