पोखरा–११ स्थित शिवशक्ति क्याम्पस शिक्षक तालिम तथा कार्यशाला गोष्ठी हुँदैछ । कार्यक्रम यहि कार्तिक ३ देखि ७ गतेसम्म हुँदैछ । तालिमको तयारी पूरा भएको क्याम्पसले जनाएको छ ।
तालिमलाई नेदरल्याण्डस्थित थिओला फाउन्डेशन र केपिजे विश्वविद्यालयका प्राध्यापक थिओ, हुलसोफ र दिर्की भिजा र नेपालका पाठ्यक्रम विज्ञ प्रा.डा. तीर्थ पराजुलीले सहजीकरण गर्ने बताइन्छ ।
उक्त अवसरमा युनिभर्सिटी अफ भ्यालेन्सिया स्पेनका शिक्षकहरू पनि अनुभव आदानप्रदान गर्न सहभागी हुनेछन् ।
क्याम्पसका अध्यक्ष दामोदर बाँस्तोलाका अनुसार तालिममा क्याम्पसमा बि एड तहमा अध्ययनरत विद्यार्थी, प्राध्यापक, शिक्षकहरू, एन्फोर्ड फाउन्डेशन कास्की संवद्ध ५ वटा स्टार स्कूल तथा टिर्चस इन पोखरामा सहभागी ३० विद्यालयका प्राचार्य तथा शिक्षक प्रतिनिधिहरु सहभागी हुनेछन् ।

आगामी चैत्रबाट शुरु गरिने २ वर्षे अन्तर्राष्ट्रिय शिक्षक तालिम कोर्ष समयसापेक्ष र शिक्षकलाई आवश्यक पर्ने पाठ्यक्रम निर्माण गर्ने तालिमको मुख्य उदेश्य रहेको अध्यक्ष बाँस्तोलाले बताए ।
तालिममा पहिलो दिन दुवै देशका सम्वन्धित विश्वविद्यालयको शिक्षक तालिमका पाठ्यक्रमको बारेमा अनुभव तथा विज्ञता आदानप्रदान हुनेछ ।
यसैगरी दोस्रो र तेस्रो दिन टिर्चस इन पोखरा कार्यक्रममा सहभागी शिक्षकलाई पुनतार्जकिकरण तालिम तथा पृष्ठपोषण सहितको कार्यशाला हुने संस्थाका सचिव प्रेम बहादुर कुँवरले जानकारी दिए ।





