ताजा समाचार

असाेज १० गते २०७६

विन्ध्यवासिनीका २ विद्यार्थीलाई आर्थिक सहयोग

कोरियाली नागरिक एलेक्स हृयुङ उन्होले पोखराको वाटुलेचौरस्थित विन्ध्यवासिनी माविका २ विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।

हाल अमेरिकाको टेक्सास राज्यमा कक्षा ११ मा अध्ययन गर्ने उन्होसहितका ११ जना कोरियाली विद्यार्थीको समूहले ३२ हजार ६ सय ४५ रुपैयाँ उपलब्ध गराएको विद्यालय शिक्षक ईश्वर खड्काले जानकारी दिए ।

सहयोग रकम शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीद्वय ईश्मा गुरुङ र शान्ति घलेलाई विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक ईश्वर खड्काले हस्तान्तरण गरे ।

ईश्माले २५ हजार ६ सय ४० र शान्तिले ५ हजार ८ सय २५ रुपैयाँ सहयोग स्वरुप प्राप्त गरे ।

कार्यक्रममा विद्यालयमा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापाले शैक्षिक विकासका लागि कोरियाली विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताइन् ।

उक्त अवसरमा समितिका सदस्य जीवनाथ शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेल, प्रधानाध्यापक कृष्णप्रसाद आचार्य लगायतले बोलेका थिए ।


Loading...