ताजा समाचार

असाेज १२ गते २०७६

वर्गीय समाजमा वर्गसापेक्ष माग राख्छौं : अधिकारी

एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समिती कास्कीको पहिलो जिल्ला परिषद भएको छ । कार्यक्रममा सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षकहरुको हकहितको लागि संगठन लागि परिरहेको र लागि परिरहने बताए ।

‘समाज नै वर्गीय भएकोले शिक्षा र शिक्षकका संगठन हरु पनि वर्गीय नै छन् । विश्वका शिक्षक हरुको फोरममा हाम्रो उपस्थिति हाम्रै वर्ग सापेक्षतामा हुनु पर्दछ। शिक्षकहरु आफ्नो अधिकार सँगसँगै कर्तब्य मा पनि उत्तिकै चनाखो हुनुपर्छ,’ अधिकारीले भने ।

नेकपा कास्की इन्चार्ज राजकाजी गरुङ करणले समाज परिवर्तनको लागि शिक्षकहरुले नेतृत्वदायि भूमिका खेल्नुपर्ने भन्दै शिक्षालाई राज्यले हेर्ने दृष्टिकोण परिवर्तन हुनेपर्नेमा जोड दिए । शिक्षकहरूको पेशागत हकहित प्रती पार्टी सचेत छ , प्रणाली गत समस्या हल गर्न सम्बन्धित निकायमा आफुले पहल गर्नेछुू करणले भने ।

संगठनका प्रदेश समितिका अध्यक्ष सोमनाथ ढुंगानाले संगठनका जिल्ला समन्वय समिति अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामा ८ सदस्यपछि थपिने गरी ८७ जनाको जिल्ला परिषद घोषणा गरे ।

नेपाल शिक्षक महासङ्घ, कास्कीका सह–अध्यक्ष महेन्द्रमणि पौडेलले शिक्षाको सवालमा स्थानिय तहको सतही ज्ञानका कारण महानगरमा समस्या भएको बताए । ूशिक्षकलाई मासिकरुपमा तलब खुवाउछौँ भन्ने अनि दशैँ तिहारको मुखमा आएर शिक्षकलाई दुई महिनाको मात्रै तलब दिनु उचित नभएको उनको भनाइ छ ।

पोखराका मेयर मानबहादुर जिसीले केही समयअघि शिक्षकले चौमासिक होइन मासिक तलब पाउनेछन् भनि घोषणा गरेका थिए । उनको त्यो घोषणाको सबैले प्रशंसा गरेका थिए ।

संगठनका स्थानिय तहका अध्यक्षहरुले आआफ्नो तहको रिपोर्टिङ राखेका थिए । महानगरको तर्फबाट अध्यक्ष भुवन सुवेदी, रुपा गाउँपाकिलाका अध्यक्ष सुकबहादुर परियार, अन्नपुर्ण, मादी र माछापुच्छ्रे गाउँपालिककाका क्रमश मीनप्रसाद न्यौपाने, हरिहर सुुवेदी र जगन्नाथ अधिकारीले रिपोर्टिङ गरेका थिए ।

कार्यक्रममा संगठनका केन्द्रिय सदस्य, एवं गण्डकी प्रदेश उपाध्यक्ष शोभा गुरुङले संगठन उत्पीडित शिक्षकको पक्षमा आवाज बुलन्द गर्नुपर्ने बताइन् ।

संगठनका जिल्ला समन्वय समितिका अध्यक्ष तारानाथ पौडेलको अध्यक्षतामामा भएको कायृक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष श्रीधर गिरी र सञ्चालन सचिव प्रकाश रिजालले गरेका थिए ।


Loading...