ताजा समाचार

असाेज १० गते २०७६

अध्यापन अनुमति पत्रको परीक्षामा प्रश्न पत्रमै उत्तर भेटियो

शिक्षक सेवा आयोगले प्राथमिक तह, माध्यमिक तह र निम्न माध्यमिक तहको बिहीबारदेखि लिइरहेको परीक्षामा प्रश्न पत्रमै उत्तर भेटिएको छ ।

गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस ‘क’ केन्द्रमा अङ्ग्रेजी विषयको समूह ‘घ’ को वस्तुगत प्रश्नको वैकल्पिक सहि उत्तर स्पष्ट देखिने गरी गाढा अक्षरमा आएपछि शुक्रबार गुल्मीमा ४० मिनेट परीक्षा स्थगित गरी पुनः परीक्षा गराइएको हो ।

आयोगले जाँच गर्दा आवश्यक पर्ने उत्तर कुञ्जिका आएपछि आयोगकै अनुमतिमा पुनः परीक्षा गराइएको केन्द्राध्यक्ष रामबहादुर थापाले जानकारी दिएका छन् । नेपालभरका ७७ जिल्लाका ५५ केन्द्रमा यहि समस्या आएको उनले बताएका छन् ।

सोहि केन्द्रमा अन्य प्रश्नपत्रहरू ठिक भएकाले तोकिएकै समयमा परीक्षा सञ्चालन भएको छ ।


Loading...