ताजा समाचार

असाेज १२ गते २०७६

शिक्षामा योगदान दिन रमाकान्त निर्मला फाउण्डेशन स्थापना

पोखराका शिक्षासेवीद्वय रमाकान्त बराल र निर्मला बरालले फाउण्डेशन स्थापना गरेका छन् ।

शिक्षा र आधारभूत सुविधाबाट बञ्चित भएकाहरूलाई सघाउने उद्देश्य अनुरुप उनीहरूले फाउण्डेशन स्थापना गरेको बताइन्छ । फाउण्डेशनको नाम ‘रमाकान्त निर्मला फाउण्डेशन’ राखिएको छ ।

फाउण्डेशनले सामाजिक सेवा गर्ने उद्देश्य समेत राखेको छ । सरकारको नीति नियममा आधारित रही सञ्चालन हुनेगरी फाउण्डेशन स्थापना गरिएको हो । १० लाख ५ सय ५५ रुपैयाँ सिड मनिको रुपमा रकम उपलब्ध गराई फाउण्डेशन स्थापना गरिएको छ ।

यस्तै स्टेप बाइ स्टेप माध्यमिक विद्यालय र रमाकान्त निर्मला फाउण्डेशनको संयुक्त रुपमा आयोजना गरेको दशैं तिहार, छठ, नेपाल सम्वत्, इद शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरा ७ का सभापति दामोदर बरालले स्टेप बाइ स्टेप माविले सामाजिक काम गर्दै आएको र अझै सामाजिक काम गर्नेतर्फ आफ्नो गतिविधि बढाएकोमा त्यसको सराहना गरे ।

यस्तै पोखरा पिस क्लवका अध्यक्ष सुजन बरालले समाज परिवर्तनको लागि सामाजिक काम अपरिहार्य भएको बताए ।

नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बरालले विपन्न वर्गका मानिसहरुलाई लक्षित गरी संचालन गर्न लागिएको यस संस्थको प्रगतिको कामना गरे ।

संस्थाका सचिव लक्ष्मी कुँवरले रमाकान्त निर्मला फाण्डेशनलाई राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा लगि देशका विपन्न व्यक्तिहरु माझ पुगी सेवा गर्नुपर्नेमा जोड दिए ।

पूर्व विद्यार्थी अध्यक्ष भोजराज बरालले विद्यालयले दिनप्रतिदिन उन्नति गर्दै गएकोमा खुशी व्यक्त गरे ।

संसद सचिवालयका पूर्व सचिव ठाकुर प्रसाद बरालले चाडपर्वको शुभकामना दिंदै संस्थाको निरन्तरताका लागि आफूले पनि सहयोग गर्ने जानकारी गराए ।

विद्यालयका प्राचार्य एवं फाउण्डेशनका अध्यक्ष निर्मला बरालले विद्यालय एवं फाउण्डेशनमा सहयोग गर्नु हुने सबैमा धन्यवाद व्यक्त गरिन् ।

फाउण्डेशनका संस्थापक संरक्षक रमाकान्त बरालले गरिब तथा अशक्त र गरिबीको रेखामुनी रहेका व्यक्तिलाई सहयोग गर्ने अभिप्रायले सोसियल सर्भिस फर ह्युमनिटी भन्ने यसको आदर्श वाक्य रहेको जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामचन्द्र उपाध्याय, सहप्राचार्य दिपक गिरी, गण्डकी विकास बैंक सिमलचौर शाखाका शाखा प्रमुख लक्ष्मण बराल, पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक रविराज बराल, विद्यालयका संयोजक सूूर्यप्रसाद लम्साल लगायतले बोलेका थिए ।


Loading...