सेन्ट मेरिजमा एकाङ्की प्रतियोगिता

पोखरा १५ नयाँगाउँमा रहेको सेन्ट मेरिज माध्यमिक विद्यालयले बुधबार अन्तर सदनात्मक नेपाली एकाङ्की प्रतियोगिता गरेको छ । प्रतियोगितामा हरियो सदन पहिलो, पहेंलो सदन दोस्रो, रातो सदन तेस्रो र नीलो सदन सान्त्वना भए ।

विद्यालयका प्राचार्य मार्गेट मेरी सिजेले विद्यार्थी आफैंले समसामयिक विषयमा उत्कृष्ट ढंगले नाटक प्रस्तुत गरेको बताइन् । अवसर र प्रोत्साहन भए उनीहरुमा प्रसिद्ध कलाकार बन्ने गुण रहेको उनले बताइन् ।

छात्राहरु प्रजु क्षेत्री, नूतन आचार्य, स्नेहा गौतम र कृपा पौडेल उत्कृष्ट अभियनमा पुरस्कृत भए । कार्यक्रममा शिक्षक रञ्जिता पोखरेल, हेड गर्ल जोया बानु, अर्पिता मिश्र लगायतले बोलेका थिए ।
प्रतियोगिताका निर्णायकमा मुगा सुवेदी, भेषराज शर्मा र अरुणा शेरचन थिए ।

प्रतियोगिता हेर्न सेन्टफ्रान्सिस मावि, शुभतारा थ्री एन्जल्स मावि र मेरी गोल्ड स्कुलका विद्यार्थी पनि पुगेका थिए ।