पोखरास्थित गण्डकी मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । मेडिकल कलेजले शिक्षाका नाममा लाखौ रुपैया अबैध असुलेको भन्दै उनीहरुले आन्दोलन थालेका हुन् ।
यस कलेजमा शुल्ककै विषयमा पटक पटक आन्दोलन भएका छन् । आन्दोलन नै भएर अस्पतालसमेत ठप्प हुँदासम्म सञ्चालकहरू वेवास्ता गर्दै आएका छन् ।
आइओएमले तोकेको शूल्क भन्दा लाखौ बढी अबैध रुपमा मेडिकल कलेजहरुले असुली गरिरहेको भन्दै केही दिनदेखि चिकित्सा शिक्षा संघर्ष समितिको नाममा स्वतन्त्र विद्यार्थी युनियनले महाराजगञ्ज मेडिकल कलेजको नेतृत्वमा चितवन मेडिकल कलेजमा आन्दोलन हुँदै आएको थियो ।
आन्दोलन अन्तर्गत चितवन मेडिकल कलेज समेत लामो समयदेखि ठप्प छ ।

बुधबार गण्डकी मेडिकल कलेजका विद्यार्थीले र्यालि निकाली मेडिकल शिक्षाका नाममा अबैध रुपमा लिइएको लाखौ रुपैया फिर्ता गर्नुपर्ने माग गरे
देशै भरका मेडिकल कलेजले सरकारले तोके भन्दा १२ देखि १५ लाखभन्दा बढी असुल्ने गरेको विद्यार्थीहरुको आरोप छ ।




