प्राज्ञ मञ्च पोखरा अध्यक्षमा पौडेल

नेपाल प्राज्ञ मञ्च पोखरामा प्राडा विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको चौथो अधिवेशनबाट उपाध्यक्ष प्राडा विकासकुमार केसी, सचिव डा. गिरधारी दाहाल, सहसचिव डा. जगन्नाथ रेग्मी, कोषाध्यक्ष डा. दीर्घमान गुरुङ सर्वसम्मत चयन भएका छन् ।

मञ्चको सदस्यमा प्राडा इन्द्रप्रसाद तिवारी, प्राडा वीरबहादुर खनाल, डा. राधाकुमारी भण्डारी, डा. कृष्णप्रसाद भण्डारी, डा. अनन्त ढुंगाना र डा. कपिल अधिकारी चयन भएको नवनिर्वाचित सहसचिव डा. जगन्नाथ रेग्मीले जानकारी दिए ।

मञ्चका अध्यक्ष प्राडा विश्वकल्याण पराजुलीको अध्यक्षतामा भएको चौथो अधिवेशन उद्घाटन गर्दैै संस्थापक अध्यक्ष प्राडा पशुपतिनाथ तिमिल्सेनाले प्राज्ञले आर्जन गरेको ज्ञान, सीप र कौशललाई समय सापेक्ष मुलुक र जनताका हितमा प्रयोग गर्नुपर्ने बताए । अधिवेशन उद्घाटन सत्रमा प्राडा विश्व श्रेष्ठ, प्राडा भवानी पाण्डे, प्राडा अक्कलदेव मिश्र, डा. कपिल अधिकारी लगायतले नयाँ नेतृत्वले वर्तमान समयमा नागरिकलाई धेरै ज्ञान दिनु पर्ने समय आएको बताए ।

नवीन सोच र विचारका आधारमा मञ्चलाई नेतृत्व प्रदान गर्न विष्णुप्रसाद सक्षम हुनेछन् भन्ने धारणा राख्दै अनुसन्धानका आधारमा विभेदरहित समाज निर्माणमा लाग्न वक्ताले सुझाव दिएका थिए । वक्ताहरुले निवर्तमान नेतृत्वले के गरेको थियो भन्दापनि नयाँ नेतृत्वले लोकतन्त्र र शैक्षिक समाज निर्माणमा समय खर्चनु पर्ने सुझाव दिएको कार्यक्रम सञ्चालक सचिव डा. बासुदेव भण्डारीले बताए ।