लिटल च्याम्पियनसीपमा प्रिन्सिका प्रथम

बिहीबार भएको लिटल च्याम्पियनसीप सेन्ट मेरिजमा प्रिन्सिका गुरुङ प्रथम भएकी छन् । विद्यार्थीको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न भएको कार्यक्रममा एन्जल गुरुङ दोस्रा र सवनम गुरुङ तेस्रा र इसान बराइली चौथा भए ।

प्रतियोगितामा प्राथमिक तहका ११ विद्यार्थी सहभागी थिए । उनीहरुले सांस्कृतिक भेषभूषामा मौलिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताका निर्णायकमा माधव गुरुङ, सबिन गुरुङ र ईन्वरी राना थिए । विद्यालयका प्राइमरी इन्चार्ज कोटिल्डा सिजेले विद्यार्थीलाई हौसला दिएर उनीहरुको प्रतिभा प्रस्फुटनबाट नै देशले गौरव गर्न सक्ने नागरिक तयार हुन सक्ने बताइन् ।

कार्यक्रममा प्रधानाध्यापक सिस्टर मार्गेट मेरी सिजे, प्लस टु इन्चार्ज सिस्टर लेनिन सिजे, विद्यार्थी अपर्ना मिश्र लगायतले बोलेका थिए ।