Uncategorized

यात्रु बोकेको नेपाल एयरलाई एटिसीले ४ मिनेट समय नदिँदा उडान रद्ध

मंगलबार राति नेपाल एयरलाइन्सको आरए २३१ नम्बरको दुबई उडान रद्ध भएको छ । राति १० बजे विमानस्थल बन्द हुने व्यवस्था रहेको भन्दै एटिसीले अनुमति नदिएपछि उडान रद्ध भएको नेपाल एयरलाइन्सका प्रवक्ता क्याप्टेन विजय लामाले जानकारी दिए । लामाका अनुसार जहाजमा १७६ जना यात्रु र १४ जना चालकदलका सदस्य थिए । क्याप्टेनले जहाजमा प्यासेन्जर बोर्ड भइसकेको र केबल चार मिनेटमात्र थप गरिदिन आग्रह गरेका थिए तर पनि विमानस्थलले नदिएको कारण उडान… पुरा पढौ

गाउँपालिकाका अध्यक्षमाथि हातपात

पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात भएको छ। स्थानीय बलबहादुर भण्डारी लगायत ५/६ जनाको समूहले अध्यक्ष चन्दमाथि आक्रमण गरेको हो। रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका बिषयमा छलफल गरेर फर्किँदै गर्दा बलबहादुर भण्डारी लगायत ५/६ जनाको समूहले आक्रमण गरेको अध्यक्ष चन्दले बताए। सडकको विषयमा छलफल गरेर वडा ४ का अध्यक्षसँगै फर्किरहेको थिए। अध्यक्ष चन्दमाथि हातपात गर्ने समूह भागेको छ भने अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको र हातपात गर्ने… पुरा पढौ

कुछप गुम्बा पुनःनिर्माण हुँदै,यस्तो छ गुम्बाको ईतिहाँस

सातसय वर्ष पुरानो ऐतिहाँसिक बुद्धिस कुछप तेरङ्गा गुम्बा पुनःनिर्माण हुँदैछ ।यसको स्याङ्पा फाउन्डेसको आर्थिक सहयोग पुनःनिर्माण थालिएको हो । मुस्ताङको घरपझोङ गाउँपालिका ५ ढुम्बा डाँडोको थुम्कोमा कुछप तेरङ्गा गुम्बा छ ।गुम्बा भित्र गुरु कुछप तेरङ्गा संम्वन्धि पुरातात्तिक बहुमुल्य ५ रत्न भएपनि पछिल्लो समय गुम्बा जीर्ण भईसकेकाले बहुमुल्य सामाग्री ठिनी घरपझोङ गुम्बामा राखिएको हो । कुछप तेरङ्गालाई तिब्बतियन भाषामा ५ रत्नले अथ्र्याईन्छ । कुछपको अर्थ हो–शरिरको प्रतिनिधि ।गुम्बाभित्र गुरु रिन्पोर्छेको शरिरको… पुरा पढौ

जीप दुर्घट हुदाँ ६ जनाको मृत्यु

ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना भएको छ । हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप दुर्घटना परि ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु तथा ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परि चारजना पुरुष र २ जना महिलाको ज्यान गएको छ । उनिहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको… पुरा पढौ

फेशन विकको तयारीमा साइकल र्याली

नेपाली नयाँ वर्ष २०७६ को अवसरमा पोखरामा आयोजना हुने अन्तर्राष्ट्रिय फेशन विक नेपाल पोखराको तयारी तीव्र पारिएको छ । पोशाक महासंघ नेपाल र डिजाइनर एशोसिएशनको संयुक्त आयोजनामा फेशन सप्ताह हुन लागेको हो । फेशन विकको प्रचार–प्रसारका लागि शनिबार पोखरामा साइकल र्यालीको आयोजना गरियो । पोखरा सभागृहबाट शुरु भएको र्याली हेम्जासम्म पुगेको थियो । साइकल सिटी पोखरा र विष्णुपादुका क्लब हेम्जासँगको सहकार्यमा साइकल र्याली गरिएको हो । दी काठमाडौं पोष्टको प्रस्तुतिमा… पुरा पढौ

गोल्डेन चौतारी लायन्समा देवकोटा

लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको बर्ष २०१९÷२० को अध्यक्षमा लक्ष्मी नारायण देवकोटा निर्वाचित भएका छन् । शनिबार भएको क्लवको निर्वाचनबाट देवकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन कमिटीका सदस्य दिनबन्धु पौडेलले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा सूर्यबहादुर कार्की, द्वितीय उपाध्यक्षमा पुष्पराज पौडेल, तृतीयमा उपाध्यक्ष पवन जिसी, सचिवमा शालिकराम लामिछाने, सहसचिवमा किशोर अधिकारी, कोषाध्यक्षमा जमुना गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ, एमसिपिमा तोयानाथ आचार्य, टेमरमा योगेन्द्र बस्नेत, पिआरओमा नारायण बराल,… पुरा पढौ

स्याँउ जोन मुस्ताङमा लोमान्थाङ गापा छुट्यो ,४ स्थानीयतहबाट ५१ जनाको आवेदन

स्याँउ जोन मुस्ताङमा सुचिकृत हुन ५१ जना किसानले आवेदन दिएका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई अन्तर्गत मुस्ताङमा पहिलो पटक स्याँउ जोन घोषणा भएको हो ।यसअघि स्याँउ पकेट र ब्लक छनौट भएको थियो । परियोजना कार्यान्वयन ईकाई स्याँउ जोन कार्यालयले जिल्लाका ५ वटै स्थानीयतहका किसानलाई जोनमा सुचिकृत हुन गत पुस देखि सूचना जारीगरी जानकारी गराएको हो ।चालुवर्ष स्याँउ जोन कार्यक्रममा सूचिकृत हुनपाउँ भनी आवेदन दिनेमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकाका… पुरा पढौ

बाम्दीका १३ महिलालाई ९ लाख ऋण

महिलालाई आर्यआर्जन मार्फत आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रमले महिलामा उत्साह थपेको छ । पोखरा–२३, चापाकोटको बाम्दीका महिलाले उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत सस्तो ब्याँजमा ऋण प्राप्त गरेपछि उनीहरूमा उत्साह थपिएको हो । उपप्रमुखसंग महिला कार्यक्रम अन्तर्गत सहकारीसंग सहकार्य शीर्षक मार्फत २३ बाम्दीको सगरमाथा महिला विकास बचत तथा ऋण सहकारीले प्राप्त गरेको ९ लाख रुपैयाँ आर्थिक रुपमा विपन्न, एकल महिलालाई ऋण प्रदान गरिएको छ ।… पुरा पढौ

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर एक भारतिय पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत तामेलनाडु चेन्नईका ६७ वर्षिय कन्नाप भेथिलिङ्गम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आफ्नो श्रीमती सहित ४१ जनाको जम्बो टोली बिहिबार मुक्तिनाथ दर्शनगरी जोमसोम फर्किएका भारतिय तिर्थालु कन्नाप भेथिलिङ्गमको शुक्रबार जोमसोम अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । मृतक ६७ वर्षिय कन्नाप भेथिलिङ्गम मुट रोगबाट पीडित रहेको प्रहरीको बयानमा उल्लेख छ ।मुटु… पुरा पढौ

करिडोरको ३ खण्डमा ब्लास्टिङ ,जोमसोम ÷कागबेनी कालोपत्रे

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको निर्माणधिन बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम ÷कोरलाखण्डको समर ÷भेना १८ किमी सडक लगायत म्याग्दीका २ खण्डमा ब्लास्टिङगरी सडक ट््याक खोल्न आवश्यक देखिएको करिडोरले जनाएको छ । जोमसोम ÷कोरला सडकखण्डको ७ वटै प्याकेज मध्ये समर ÷भेना सडकखण्डमा कामको प्रगति ३० प्रतिशत मात्र भएको छ ।यसमध्ये एपेक्स जेभीले निर्माणको जिम्मा लिएको छोसेर÷ कोरला १८ किमी प्याकेज गत मंसिर महिनामै करिडोरलाई हस्तान्तर भएको जनाईएको छ ।यसअन्तर्गका बाँकी ५… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं