लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारीको बर्ष २०१९÷२० को अध्यक्षमा लक्ष्मी नारायण देवकोटा निर्वाचित भएका छन् । शनिबार भएको क्लवको निर्वाचनबाट देवकोटाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको निर्वाचन कमिटीका सदस्य दिनबन्धु पौडेलले जानकारी दिए ।
क्लबको प्रथम उपाध्यक्षमा सूर्यबहादुर कार्की, द्वितीय उपाध्यक्षमा पुष्पराज पौडेल, तृतीयमा उपाध्यक्ष पवन जिसी, सचिवमा शालिकराम लामिछाने, सहसचिवमा किशोर अधिकारी, कोषाध्यक्षमा जमुना गुरुङ, सहकोषाध्यक्षमा सुनिता गुरुङ, एमसिपिमा तोयानाथ आचार्य, टेमरमा योगेन्द्र बस्नेत, पिआरओमा नारायण बराल, टेल्टुइस्टरमा निर्मल खाँण छन् ।
कार्यक्रममा डिष्ट्रिक्ट चिफ पिआरओ परमेश्वर बरालले लायन्सले सामाजिक क्षेत्रमा खेलेको भूमिका अतुलनीय रहेको भन्दै गोल्डेन चौतारी उत्कृष्ट क्लब भएको स्पष्ट पारे ।
कार्यक्रममा डिष्ट्रिक्ट एड्भाइजर तथा क्लवका पूर्व अध्यक्ष किशोर बराल, डिष्ट्रिक्ट जोन चियर पर्सन तथा क्लवका पूर्व अध्यक्ष प्रमोद पौडेल, गोपिनाथ बराल, राजेश्वर आचार्य, शालिग्राम देबकोटा, निवर्तमान अध्यक्ष कुमार आचार्य लगायतले बोलेका थिए ।




