बहुचर्चित राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको निर्माणधिन बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम ÷कोरलाखण्डको समर ÷भेना १८ किमी सडक लगायत म्याग्दीका २ खण्डमा ब्लास्टिङगरी सडक ट््याक खोल्न आवश्यक देखिएको करिडोरले जनाएको छ ।
जोमसोम ÷कोरला सडकखण्डको ७ वटै प्याकेज मध्ये समर ÷भेना सडकखण्डमा कामको प्रगति ३० प्रतिशत मात्र भएको छ ।यसमध्ये एपेक्स जेभीले निर्माणको जिम्मा लिएको छोसेर÷ कोरला १८ किमी प्याकेज गत मंसिर महिनामै करिडोरलाई हस्तान्तर भएको जनाईएको छ ।यसअन्तर्गका बाँकी ५ प्याकेजको काम मंसिर सम्म ८० प्रतिशत सम्पन्न भएको करिडोरले जनाएको छ ।
उक्त सडकखण्डको समर ÷भेना सडकखण्ड ठेकेदारको ढिलासुस्ती काम अघि बढ्न सकेको छैन। यहाँ अप्ठ्यारो र चट्टान कटिङ गर्न आवश्यक भएकाले निर्माण कम्पनी चाँसो नदेखाएको स्थानीयको बुझाई छ ।
करिडोरका आयोजना प्रमुख मुकुन्द अधिकारीले निर्माण कम्पनीलाई यथाशिघ्र काममा फर्कन अल्टिमेटम दिएकाले बैशाखको पहिलो सातामै समर ÷भेना सडक बिस्तारको काम अघि बढ्ने दावी गरे ।जोमसोम कोरलाको तेश्रो खण्ड मानिएको उक्त १८ किमी प्याकेज अन्तर्गत घ्याकर,समरको भीर र झो खोलामा बिस्पोटक पदार्थ प्रयोग गरेर सडक बिस्तार गर्ने तैयारी भैईरहेको आयोजना प्रमुख अधिकारीको भनाई छ ।उनका अनुसार गृह मन्त्रालयबाट बिस्पोटक पदार्थ प्रयोग गर्न पाउने स्वीकृति प्राप्त भैईसकेको र जोमसोम स्थित नेपाली सेनाले बिस्पोटक पदार्थ उपलब्ध गराउने जनाएकाले काम ढिलाई नहुने दोहा¥याए ।मजदुर र बिस्पोटक पदार्थ भण्डारणको व्यवस्था मिलाएर काम सुरु गर्ने योजना रहेको उनले बताए ।
उपल्लो मुस्ताङमा यसवर्ष लगातार परेको हिउँ अझै पग्लिसकेको छैन ।समर देखि माथिको भेकमा सडकमा ३ फिट बढी बरफ जमेकाले मजदुरलाई काममा फर्कन ढिलाई भएको करिडोरले जनाएको छ ।हिउँदयामको चिसोका कारण घरफर्किएका मजदुर अझै मुस्ताङ फर्कन सकेका छैनन् भने,सहज रुपमा काम गर्न सक्ने अवस्था समेत देखिन्न ।आयोजना प्रमुख अधिकारीले बैशाखको पहिलो साता सम्म सबै मजदुर काममा फर्कनेमा ढुक्क भएको बताए ।
उपल्लो मुस्ताङको सबै खण्डमा काममा प्रगती देखिएपनि समर ÷भेना खण्डको काम अघि नबढ्दा उपल्लो मुस्ताङको यात्रा असहज बनेको हो ।उक्त खण्डको काम अघि बढेमा उपल्लो मुस्ताङ यात्राका लागि सहज रुपमा सवारी साधन प्ग्न सक्ने अवस्था देखिन्छ ।उपल्लो मुस्ताङ जाने जीपहरुले समर भेना सडकको अप्ठ्यारो भीरको जोखिम यात्रा गर्न बाध्य छन् ।
सजिलो स्थानमा कामको प्रगति देखाई भुक्तानी लिने निर्माण कम्पनीको रवैयाका कारण समर ÷भेना सडकखण्डमा ठेकेदारले चाँसो नदिएको जनगुनासो छ ।
करिडोरले जोमसोम ÷कोरला सडकखण्डको तेश्रो प्याकेजका काम बाहेक अन्य ६ प्याकेजका काम आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने करिडोरले जनाईएको छ ।सम्झौता अवधि सकिएर पहिलो पटक म्याद थपिएको उक्त खण्डमा समय अवधि थपिएको हो ।थपिएको अवधि पनि असारमा सकिदै छ ।उक्त खण्डका ठेकेदारको सुस्तता र भौगोलिक समस्याका कारण समर ÷भेना सडक बिस्तारकार्य तोकिएको समयमा पुरा नहुने करिडोरको भनाई छ ।
करिडोरले जोमसोम÷कागबेनी कालोपत्रे गर्ने
यस्तै,राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडारले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ यात्रा सहजताका लागि जोमसोम÷कागबेनी सडकलाई थप कालोपत्रे गर्ने जनाएको छ ।आयोजनाका ईन्जिनियर जगत प्रजापतिका अनुसार जोमसोम देखि कागबेनी कालोपत्रे गर्न अहिलेको आवश्यकता भएकाले यसबारे बिभागमा कुराकानी भएको बताए ।उनले कालोपत्रेबारे बिभाग सकारात्मक रहेको जानकारी दिए ।
जोमसोम ÷ताङ्वे १८ किमीको ग्राभेल संम्पन्न हुनसाथ कालोपत्रे प्रक्रिया अघि बढ्ने ईन्जिनियर प्रजापतिले जनाए ।‘आर्थिक वर्ष ०७६÷०७७को सुरुआतमै डबललेनको कालोपत्रे ठेक्का प्रक्रिया अघि बढाईने भएको हो ।यसअघि कागबेनी÷मुक्तिनाथ १२ किमी सडकमा डोलिडारले कालोपत्रे बिस्तारगरी संञ्चालनमा ल्याईसकेको छ ।
करिडोरले यसै वर्ष मुस्ताङको जोमसोम देखि कोवाङ खण्ड सम्म कालोपत्रे गर्ने तैयारी गरेको छ ।हाईअल्टिच्युट मुस्ताङमा करिडोरले गर्ने कालोपत्रे प्रयोगात्मक हुने ईन्जिनिय प्रजापतिले जानकारी दिए ।अस्पाल प्रविधिबाट गरिने कालोपत्रे मुक्तिनाथ सडकको भन्दा फरक प्रकारको हुने प्रजापतिले बताए ।

कालिगण्डकी करिडोरको बेनी÷जोमसोम सडकखण्डमा ४ वटा प्याकेज छन् ।म्याग्दीखण्डमा २ र मुस्ताङ खण्डमा २ प्याकेजमा काम भईरहेको छ ।म्याग्दीको राहुघाट देखि तातोपानी सम्म शर्मा युनाईटेड जेभीले ४० प्रतिशत काम संम्पन्न गरेको छ ।यहाँ वाल लगाउने,सडक चौडा गर्ने र चट्टान काट्ने काम भईरहेको आयोजनाले जनाएको छ ।म्याग्दीको तातोपानी देखि मुस्ताङको घाँसा काईको खोला सम्मको शर्मा गजुरमुखिले निर्माणको जिम्मा लिएको हो ।
यहाँ सडकको काम ५० प्रतिशत सकिएको छ ।ईन्जिनियर प्रजापतिले काभ्रेभीर देखि काईको खोला सम्मको करिव ३ किमी सडक चट्टाने भीर भएकाले डिजाईन ६ मिटरको मात्र भएको खुलाए ।‘साविकको भीरको सडकको डिजाईन कम्ती छ ,ग्रेडरले चट्टान काट्ने काम पनि ढिला भइरहेको छ ,उनले भने,म्याग्दी खण्डको भीरकाटे र काभ्रेभीरमा बिस्पोटक पदार्थ प्रयोग गर्न आवश्यक देखिएको कुरा बिभागमा राखेका छौ ,ब्लास्टिङ गरेर काम गर्न सकियो भने कामले गति लिन्छ ।’उनले असहज स्थानमा पनि पुरै ११ मिटरको बिकल्प खोजिएको जनाए ।
त्यस्तै,मुस्ताङको घाँसा देखि कोवाङ खन्ती सम्म शर्मा गजुरमुखिले ३५ प्रतिशत काम सकेको छ ।यहाँ अब छिट्टै सडक ग्राभेलको काम सुरु हुने जानकारी दिए ।जोमसोम देखि कोवाङ खन्ती सम्मको सडक बिस्तारको जिम्मा लिएको पप्पु कोशी एण्ड न्यौपानेले ४० प्रतिशत काम सम्पन्न गरेको छ ।यहाँ मार्फा देखि टुकुचे सम्म ग्राभेल समेत भएको जनाईएको छ ।
ईन्जिनियर प्रजापतिले जोमसोममा पनि सडक बिस्तारका मुख्य काम बाँकी रहेकाले शिघ्र काम अघि बढाईने तैयारी भईरहेको सुनाए ।उनले मजदुर र मेशिनको तालमेल नमिल्दा काममा अपेक्षा गरेअनुसार प्रगति हुन नसकेको स्वीकार गरे ।उनले बेनी÷जोमसोम सडक बिस्तारको समयसिमा १० महिना बाँकी रहेको जानकारी दिए ।
कोरला सडकमा ३४ पुल
बेनी ÷जोमसोम कोरला सडकमा ३४ वटा पुल आवश्यकता देखिएको छ ।मुस्ताङको बोक्सी खोला,समर खोला र म्याग्दीको बेग खोलामा अझै प्लको डिजाईन हुन नसक्दा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको ईन्जिनिय प्रजापतिले सुनाए ।यस्तै आयोजनाले थालेका मुख्य प्राथमिकता परेको घमी र चराङ खोलामा ठेक्का प्रक्रिया अघि बढी पुलको काम अघि बढेको जनाए ।
।यस्तै,लोमान्थाङ,किम्लिङ र भर्मा खोलामा ठेक्का खुलाई मुल्याङकन अघि बढेको छ ।करिडोरले पुलका सबै ठेक्का प्रक्रियाका मा सकेपछि आयोजनाले गर्ने सबै प्रक्रिया पुरा हुने जनाईएको छ ।करिडोरले यसअघि ढिलासुस्ती गर्दै आईरहेको कागबेनी पुलका कन्ट्रक्सनलाई १ महिना भित्र काममा नआए कालोसुचिमा राखेर नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
यो पुल उपल्लो मुस्ताङ जोड्ने महत्वपूर्ण प्राथमिकताको पुल मानिएको छ ।करिडारद्धारा सुरु गरिएका पुल मध्ये पान्डाखोलाको पुल मात्र अन्तिम चरण पुगेको छ ।अन्यमा प्राय पुलहरुको यसै वर्षदेखि निर्माणकार्य सुरुआत हुने जनाईएको छ ।




