सानिमाका ग्राहकलाई आविस्कार अस्पतालमा छुट
सानिमा बैंकका ग्राहकले औषधी, उपचारमा छुट पाउने भएका छन् । आविष्कार हस्पिटल अर्थोपलास्टी एन्ड ट्रमा सेन्टर प्रालि पोखरा १० र सानिमा बैंकबीच २ बुंदे सम्झौता पत्रमा मंगलबार सम्झौता भएको छ । सानिमा बैंकका ग्राहकले बैंकको डिजिटल झुक्तानीका माध्यम (डेबिट कार्ड, क्रडिट क्रार्ड, क्युआर कोड) बाट हस्पिटलमा रकम भुक्तानी गर्दा यस्तो छुट पाउने छन् । सम्झौता अनुसार सानिमा बैंकका जुनसुकै शाखामा खाता भएका ग्राहकले आविष्कार अस्पताल बुद्धचोकमा उपचार गर्दा अस्पतालले दिने…
पुरा पढौ
श्रीपति पुरस्कार आविष्कार केन्द्रलाई
श्रीपति समाजसेवा पुरस्कार २०७८ राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि२ लाख २२ हजार २ सय २२ नगदसहित श्रीपति समाजसेवा पदक र ताम्रपत्र छ । श्रीपति कोइराला गुठीले विज्ञान र प्रविधिको क्षेत्रमा देश र जनताको सेवा गरेकोमा केन्द्रलाई पुरस्कार प्रदान गर्न लागेको अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए । यसअघि यो पुरस्कार पहिलोपल्ट माइती नेपाललाई प्रदान गरिएको थियो । अध्यक्ष कोइरालाले महावीर पुनको अगुवाईमा खोलिएको संस्थालाई सम्मान गर्न…
पुरा पढौ
प्रहरीलाई घूस दिन खोज्ने सहचालक पक्राउ
कास्की प्रहरीले घूस दिन खोजेको आरोपमा १ जनालाई बिहीबार नियन्त्रणमा लिएको छ । बिहीबार बिहान साढे १० बजेतिर पोखरा १७, छोरेपाटनको चेकप्वाइन्टमा सवारी चेकजाँच गर्ने क्रममा ५ सय घूस दिन खोज्ने फेदीखोला २ का ३५ वर्षीय मुक्तिराम पौडेल पक्राउ परेका हुन् । पोखराबाट बुटवल जाँदै गरेको लु२ख २९३ नम्बरको बसका सहचालक पौडेलले सवारी चेकजाँचका क्रममा हामी मिलौं भन्दै ५ सय रुपैयाँ प्रहरीलाई दिन खोजेर र प्रहरीले अस्वीकार गर्दा उल्टै अभद्र…
पुरा पढौ
मुस्ताङमा कोरोनाबाट ५५ बर्षिय पुरुषको मृत्युु
जोमसोम - हिमाली जिल्ला मुस्ताङको जोमसोम अस्पतालमा सोमबार कोरोना सक्रमणबाट थप एक ब्यत्तिको मृत्युु भएको छ । मुस्ताङको थासाङ गाउपालिका ५ घर भई घरपझोङ ३ स्याङ बस्ने ती पुरुषको अस्पतालको आईसोलेसन वार्डमा मृत्यु भएको घरपझोङ गापाका स्वास्थ्य सयोजक कर्णबहादुर थकालीले जानकारी दिए । गत बैशाख ३१ गते देखि भर्ना भएका ती पुरुषको ३ दिनपछी अस्पतालमा मृत्युु भएको हो ।कोरोना सक्रमणबाट मृत्युु भएका पुरुषको आजै आफन्तको रोहबरमा अस्पताल ब्यस्थापन गत बैशाख…
पुरा पढौ
मुस्ताङको जोमसोममा जनगणना कार्यालय
जोमसोम—‘मेरो गणना,मेरो सहभागिता’ भन्ने नारासहित राष्ट्रिय जनगणना २०७८ प्रारम्भ भएको छ ।राष्ट्रिय जनगणनाको अभिलेखिकरणका लागि हिमाली जिल्ला मुस्ताङमा यसको जनगणना कार्यालय समेत स्थापना भएको छ ।मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बुधबार जिल्ला जनगणना कार्यालय मुस्ताङको साईनबोर्ड टास गरी कार्यालयको स्थापना गरेकी हुन् । मुस्ताङमा घरपझोङ गाउपालिका—४ जोमसोमस्थित मुस्ताङ भन्सार कार्यालय रहेको घरमा कार्यालय स्थापना गरिएको सहायक जनगणना अधिकारी नारायण प्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार जनगणना कार्यालय २०७८ साल…
पुरा पढौ
जनहितको अध्यक्षमा जयन्द्रलाल थकाली
जनहितको अध्यक्षमा जयन्द्रलाल थकाली घरपझोङ—४ जोमसोममा अवस्थित नमूना विद्यालयको रुपमा रहेको जनहित माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पूनः जयन्द्रलाल थकाली दोहोरिएका छन् ।शनिवार संम्पन्न जनहित माविको विद्यालय व्यवस्थापन समितिको मतदानपछि थकाली अध्यक्षमा चयन भएका हुन्। एक वर्ष अघिनै सकिएको जनहितको विद्यालय व्यवस्थापन समितिको कार्यकाल त्यस समय शिक्षा ऐनले तोकेको मापदण्ड अनुसार आवश्यक अभिभावकको गणपुरक संख्या नपुग्दा समिति गठनकार्य प्रभावित भएको थियो । शनिबार विद्यालयले समिति गठनको कामलाई अघि बढाएको हो…
पुरा पढौ
संस्कार र आजको राजनीति
अहिले पनि कुकुर एक फन्का घुमेर बस्ने गर्दछ | यो उसको संस्कार हो | मानिसको सम्पर्कमा आउनु अघि यसका पुर्खाहरु जंगलमा नै बस्ने गर्दथे | जंगलका लामा लामा घाँस माडेर बस्ने ठाँउ सुविधाजनक बनाउन यसो गर्दथ्यो | तर अहिले घर पालुवा भै सोफामा बस्दा पनि घुमेरै बस्दछ | भेडो जस्तो सुकै कष्ट हुदा पनि ' भ्या' गर्दैन | स्याल रंगको बाल्टिमा चोपिदा नीलो भएर जंगल पस्दछ | यो नौलो जनावरलाई…
पुरा पढौ
ठाडोभाका दोहोरी संरक्षण गर्दै नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठान
दुरा जातिमा प्रचलित दुर्लभ ठाडोभाका दोहोरी गीत संरक्षण गर्ने प्रयास अघि बढेको छ । नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको सहआयोजनामा लमजुङको राइनासमा गीतको छायांकन भएको हो । गीतको म्युजिक भिडियोमा लमजुङका विभिन्न भेग र तनहँुको बन्दीपुरबाट पनि कलाकार सहभागी छन् । ८६ वर्षकी नन्दमाया दुरादेखि २१ वर्षका नवीन बरालसम्मका ठाडोभाका गाउने कलाकार एकै साथ देखिँदै छन् । लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा…
पुरा पढौ
प्रचण्डले पार्टी एकता भंग गरे : महर
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी एकता भंग गरेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऐन महरले आरोप लगाएका छन्। गत कात्तिक २८ गते सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रस्तुत गरेको ‘आरोप पत्र’ लाई पार्टीको अनुमति विना प्रकाशन गरेर पार्टी एकताको भंग गरेको आरोप संयोजक महरले लगाएका हुन्। सामाजिक सञ्जालमा ‘कमरेड प्रचण्डले पार्टी एकता भंग भएको घोषणा गर्नु भएको छ’ भन्दै महरले आफ्नो…
पुरा पढौ
युआरएल पत्रकारिता पुरस्कारका लागि प्रतिभा छनौट समिति
प्रतिभा छनोट समिति संयोजक रवीन्द्रनाथ बास्तोला युआरएल पत्रकारिता पुरस्कार २०७७ प्रदानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ । अग्रज पत्रकार रवीन्द्रनाथ बास्तोला संयोजक रहेको समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. माधव तिवारी र इन्सेक गण्डकी प्रमुख शिव खकुरेल छन् । समितिले गण्डकी प्रदेशमा स्वास्थ्य बिटमा पत्रकारिता गरिरहेका एक पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गर्ने छ । पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । यसअघि यो पुरस्कारबाट ऋषि…
पुरा पढौ