संस्कार र आजको राजनीति

अहिले पनि कुकुर एक फन्का घुमेर बस्ने गर्दछ | यो उसको संस्कार हो | मानिसको सम्पर्कमा आउनु अघि यसका पुर्खाहरु जंगलमा नै बस्ने गर्दथे | जंगलका लामा लामा घाँस माडेर बस्ने ठाँउ सुविधाजनक बनाउन यसो गर्दथ्यो | तर अहिले घर पालुवा भै सोफामा बस्दा पनि घुमेरै बस्दछ | भेडो जस्तो सुकै कष्ट हुदा पनि ‘ भ्या’ गर्दैन | स्याल रंगको बाल्टिमा चोपिदा नीलो भएर जंगल पस्दछ | यो नौलो जनावरलाई भगवान्को दुत ठानि जनावरहरुले आफ्नो राजा बनाउछन् | राजा बनेको भोलिपल्ट बनमा रहेका स्यालहरु कराउदा त्यो स्याल पनि कराउँछ | स्याल हो भन्ने चिने पछि अंगरक्षक भएको सिंहले तत्काल स्याललाई मार्र्दछ | यो नीति कथाबाट पनि संस्कार हटाउन गाह्रो हुन्छ भन्ने शिक्षा पाइन्छ |

संस्कारको शाब्दिक अर्थ अवगुण दोष कमजोरी आदि हटाइ परिष्कार गर्ने हुन्छ | रहनसहन, मर्यादा, शिक्षा, सम्पर्क आदिका कारणबाट मानिसको मनमा पार्ने प्रभाव र धारणा नै संस्कार हो | बोलीचाली, पहिरन, धर्म, संस्कृति, श्रम, उत्पादन, वैज्ञानिक आविष्कार, आर्थिक क्रियाकलाप, शिष्टाचार आदि मानव सभ्यताका परिचायकहरु हुन् | मानिस खराव व्यवहारमा छिटै आकर्षित हुन्छ भनिन्छ | वाल्यकालमा यसको प्रभाव छिटै र दीर्घकालिन पर्दछ | पछि हटाउन चाहेर पनि हटाउन सकिदैन | हाम्रो मान्यता आनुसार संस्कार पाएपछि प्रत्येक व्यक्तिको नयाँ जन्म हुन्छ | यसो भन्नुको अर्थ संस्कारले मनोवैज्ञानिक रुपान्तरण गर्छ | यसरी संस्कारित भएको व्याक्तिलाई व्दिज भनिन्छ | व्दिजको अर्थ दोस्रो पटक जन्मनु हो | जन्मेको आधारले मानिस मानिस बन्दैन भन्ने हो | त्यसैले ‘घोडा जन्मिन्छ, मानिस बनाइन्छ’ भनिन्छ | संस्कार मन वचन कर्ममा हुनु पर्दछ | मीठो लयदार अरुलाई उत्तेजित पार्ने वाणी मात्र संस्कारित वाणी मानिदैन | वाणीमा सत्यनिष्ठा रहनु पर्दछ | मनरुपि संस्कारले जति गहिरो छाप छोडेको हुन्छ, त्यसबाट उत्पन्न कार्य त्यति नै दह्रो हुन्छ |

संस्कारको यो परिधि भित्र हाम्रो राजनीति कसरी हिडिरहेको छ ? सबै नीतिहरुको माउ नीति राजनीति हो | राजनैतिक संस्कार नेतृत्वमा रहेका नेताहरुको संस्कारमा धेरै हदसम्म भर पर्दछ | राजनीतिले समाजमा संचालित धेरै नीतिहरुमा प्रभाव पार्दछ | आज देखिएको राजनैतिक कुसंस्कार रातरात विकास भएको होइन | यसको आफ्नै श्रृखला छ | आज नेता त धेरै छन् तर राज नेता छैनन् भन्नुको तात्पर्य यहि हो | आज धेरै नेताहरुले विदेशीहरुको गुरुमन्त्र सुन्ने प्रवृत्ति बढेको छ | नेताहरुको क्षण क्षणमा बोलि भेरिइ रहेको पाइन्छ | सिध्दान्त वाद र दर्शनको कुरा नगरि व्यक्तिगत आक्षेप र आलोचना असभ्य,अभद्र, अश्लील, अमर्यादित विशेषणहरुले सजाएर व्यक्त गर्ने परिपाटीमा वढोत्तरी भएको छ | हामी अव्याक्त शव्दहरुका मालिक हौं भने माथि भनिए जस्ता कुवेलाका जिब्रो चिप्लिएर होस् वा खुम्चिएर निस्केका बोलिका नोकर हौं | जिब्रो चिप्लिनु संस्कारको कारण हो | विचारको सामना विचारबाट गर्नु पर्दछ | जब नेतामा प्रष्ट राजनैतिक दर्शन र लक्ष्य हुदैन त्यतिवेला गर्ने भनेको यस्तै छुद्र व्यवहार नै हो | कतिपय दोस्रो तेस्रो लहरका नेताहरुले यस्तो कुरा सुन्न नपरोस् भन्ने अनुहारको भावभङ्गीले देखाउँछ | तर पनि तालि पिटन बाध्य छन् | अहिलेका नेता पहिल्यैको रतौली संस्कारबाट प्रभावित छन् | अहिलेका रतौली संस्कारित भएर प्रतियोगिता समेत हुन थालेका छन् | महिला कमजोर हुन्छन् भन्ने संस्कारले गर्दा नै अहिले पनि कुनै नेताले काम नगर्दा चुरापोते साडी नेताको हातमा थमाएर नामर्द सिद्ध गर्ने विरोधको शैली प्रगतिशील भनिने महिलाहरुबाटै हुदै आएको पनि देखिन्छ | विद्यालयहरुमा छात्रालाई अपमान गरेका गीत नाचमा बुध्दिजिवी आमन्त्रित अतिथिहरु समेत रमाइ रमाइ नाच्ने संस्कार हटिसकेको छैन | ससुराली जादा साली मन पर्यो भन्ने जस्ता गीतहरुले आफन्तव्दारानै वालिकाहरुप्रति हिंसा र दुर्व्यवहार गरेको के दर्शाउदैन् ? टोपी दिवशको दिन फोटो खिच्दा टोपी लगाएर राष्टियता र देशभक्ति पस्कने र अन्यथा तिरष्कार गर्नेले के मधेशी भुमिपुत्र र सीमा रक्षकहरुको मन दुख्दैन ? —-को बोलि आजको भोलि’ ले के जातिय अवहेलना हुदैन ?

उखान बिनाको राजनैतिक भाषण नुन बिनाको तरकारी जस्तो लाग्ने ठानिन्छ | हाम्रा धेरै उखान टुक्काहरु जातिय आक्षेप,आग्रह, पूर्वाग्रहबाट निर्माण भएका छन् | ‘आफु मरे — राजा’ त्यसै मुखबाट निस्केको होइन | ‘पहिले चप्पल पडकाउदै हिडने अहिले चिल्लो कार चडने’ भनेको धेरै सुनिन्छ | नेता नेताहरुवीचको विभेद पहिल्यैदेखि देखिन्थ्यो | जाडो मौसममा दुईजना संगै जाडो ठाँउमा जादै गर्दा एउटाले लेदरको न्यानो कोट र राता महंगा जुत्ता लगाएका हुन्थे भने आर्कोले एकसरो कमिज लगाएर काखीमुनि हात घुसारी हिडेको देखिन्थ्यो | त्यसैले गाउँलेहरु मध्ये कसैले भन्ने गर्दथे -हाकिम कामरेड र पिउन कामरेड ! तर भनिने गरिन्थ्यो -हामी समान हौं, जिम्मेवारी मात्र फरक हो | सुत्केरी हुदा आमाले ज्वानाको झोल मात्र खाएर हुर्काएकाहरुले नै राजनैतिक परिवर्तनको लागि कतिले ज्यानको आहुति दिए,कतिको चेक खोसिएर अयोग्यको बिल्लासाथ मिल्किए, कति अपाङ्ग भए,कति बेपत्ता पारिए | भागबन्डा मिल्दासम्म सबै राम्रा निमिल्दा गध्दारको संस्कार पुरानै हो | अहिले बिचौलिय तथा ठेकदारले नेतालाई बुझाएको कमिसन तथा पहिले बुझाउने कबोलको रकमको भागबन्डा नमिलेर साथै लाभको पदमा आफ्ना मान्छे पुर्याउन नसक्दा समस्या आएको हो कि भन्ने प्रतीत हुन्छ |

नेपालमा धेरै जात्रा हुने गर्दछन् | यी जात्राहरु राजा माहाराजाहरुबाटै प्रचलनमा ल्याइएको देखिन्छन् | रोटिको बिस्कुन सुकाउने र उठाउने जात्रा,भोटो देखाउने र लुकाउने जात्रा, गहना खोज्ने र लुकाउने जात्रा आदि | भष्टचार देखाउने र लुकाउने एउटा जात्राको सुरुआत अहिलेका शासकहरुले गरेर नयाँ संस्कारको विकास गरेको जस्तो लाग्दछ | अहिले राजनीतिमा विकल्प छैन, सोह्रै आना ठीक जस्ता निरपेक्ष पदावली प्रयोग भैरहेका छन् | देशमा ठालुव्दारा भष्टचारको भतेर भु पु प्रधान मन्त्रिले आफ्नै हातले पस्केको भनाइ नपत्याउने कुरै भएन | तर आफ्नो भ्रष्टचारको कुरा उठाए मात्र प्रमाणहरु सार्वजनिक गर्ने भनाइ हाम्रा नेताहरुको नैतिकताको पाठमा पर्दैन | यो प्रवृत्तिले देशको महत्वपूर्ण सूचना र गोप्यता देशबाट चुहेर बाहिर पुगेको छैन भन्ने आधार के ? दलाल विचौलिया ठेकेदारहरुलाई माध्यम बनाएर रकम कुम्लाउने काण्डै काण्ड, बच्चाले हाम्रा बा भकारीमा लुकेका छैनन् भने जस्तै झर्लङ्गै छ | आज एउटाले अर्कोलाई आकास जमिनको रुपमा तुलना गरिरहेका छन् | बस र पात , पातैपातले भरिएको र एउटा पात पनि नभएको, पाते राजनैतिक जुहारी खेलिरहेका छन् । यी दुबै रत्नपार्के चटकीहरु भागवन्डा मिल्दा मिल्लान् | तर सिद्धान्त र वादको व्याख्या गर्ने बबुराहरु दात हल्लेको छ बोल्न हुन्न भन्ने स्थितिमा पुग्नेछन् | भएभरका सबै वादको चपेटामा देश पर्ने स्थितिमा पुगेको छ | वीरे र बलेको कथाका यी वीरे पात्रहरु बलेसंग लडन जादा हुरीले उडाएर बलेको छोरीको आँखामा पर्न पुग्नेछन् । बलेकी आमाले झिकेर कुखुरालाई दिन खोज्दा बलेकी छोरीलाई दया जागेर छोडि दिएमा मात्र फर्केर आउनेछन् | सबै फोहरका डुन्गुर सफा गर्ने काम आखिर श्रमजीवीहरुले नै हो | श्रमजीवी संस्कार सधै सबैले समाउ ! धान भनेर सामा झार हामीले नै रोपेका हौं | अब अर्को बाली लगाउदा होसियार बनौं |पालो बाडन जान्ने मुखिया भएको हुद्धा पाइएमा त्यसैमा र नपाएमा नयाँ हुद्धा जमाऔ |