रवीन्द्रको अन्तिम श्रद्धाञ्जलीका लागि शव प्रदर्शनी केन्द्रमा
हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा ल्याइएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि शव प्रदर्शनी केन्द्रमा भर्खरै ल्याइएको छ । पोखरा विमानस्थलबाट शवयात्रासहित प्रदर्शनी केन्द्रमा शव ल्याइएको हो । केही बेर प्रदर्शनी केन्द्रमा शव राखिनेछ । शवयात्रा पश्चात आजै राष्ट्रिय सम्मानसहित अधिकारीको अन्त्यष्टी गरिनेछ । प्रदर्शनी केन्द्रमा पोखरेलीहरुको भिड छ । विकासप्रेमी नेता अधिकारीको नेताले सिंगो पोखरा शोकमा डुबेको छ…
पुरा पढौ
रविन्द्र उदयमान नेता हुनुहुन्थ्यो: झलनाथ खनाल
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पर्यटनमन्त्री एवम् नेकपाका नेता रवीन्द्र अधिकारीको निधनले देशलाई अपुरणीय क्षति पुगेको बताएका छन् । ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा पुगेका नेता खनालले भने, ‘कमरेड रविन्द्र अधिकारीसहित ७ जना होनहार नागरिक यो दुःखद घटनामा दिवंगत हुनु भएको छ । म सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । शोक सन्तन्त परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु ।’ साथै उनले यो घटना…
पुरा पढौ
“मुलुकले भरोसायोग्य नेता गुमायो” :- मुख्यमन्त्री पोखरेल
सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले यतिबेला देश शोकमा डुबेको छ । मन्त्री अधिकारीसहित ७ जनाको अकल्पनीय निधनमा आज राष्ट्रिय शोक नै घोषणा गरिएको छ । यसैबीच प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मन्त्री अधिकारीको निधनले मुलुकले भरोसायोग्य नेता गुमाएको भन्दै दुःख व्यक्त गरेका छन् । बुधवार शोक विज्ञप्ति जारी गर्दै उनले सङ्घर्ष र सङ्गठनबाट खारिएका मन्त्री अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति भएको उल्लेख गरेका छन् ।…
पुरा पढौ
डेनीका छोरा बलिउडमा डेब्यु गर्दे
बलिउडमा यतिबेला स्टार किड्सहरुको डेब्यु धमाधम भईरहेको छ । स्टार किड्सबीच रोचक प्रतिष्पर्धा भईरहेको बेला बलिउडका चर्चित खलनायक डेनी डेन्जोङपाको छोराले पनि डेब्यु गर्ने भएका छन् । बलिउडमा खतरनाक भिलेनसंगै चरित्र अभिनेतामा निकै रुचाएका डेनीका छोरा रिनजिङले स्क्वाडमाफर्त डेब्यु गर्न लागेका हुन् । एक्सन थ्रिलर जनरामा निर्माण हुन लागिरहेको सो फिल्मका लागि रिनजिङले यतिबेला फिजिकल फिटनेशका लागि निकै मेहनत गरिरहेका छन् । फिल्ममा उनले अनिता राजकी छोरी मालविकासंग स्क्रिन सेयर…
पुरा पढौ
नेपाली युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिने प्रविधि
ताप्लेजुङका एक युवाले सिसी क्यामेरालाई नै चुनौती दिने प्रविधिको विकास गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लम्वालिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ । घरको ढोका या कुनै प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोकाबाट भित्र प्रवेश गर्ना साथै फोटो र भिडियो कैद गर्न शुरु गर्छ भने मोबाइलमा फोनसमेत…
पुरा पढौ
मूर्खबाट विद्धान बनेका कालिदासको रोचक जीवनी
एकपटक सोच्नुस् त ! यदि मूर्ख नै नभए यो संसार कस्तो हुन्थ्यो होला ! हामी भन्ने गर्दछौं जोसंग बुद्धि र विवेक छैन, त्यो मूर्ख हो । जनावरहरू विद्वान् हुँदैनन्, त्यसैले उनीहरू मूर्ख पनि हुँदैनन् । विश्वमा मनुष्य मात्रै विद्वान र मूर्ख हुन्छन् । यो संसारमा मुर्खहरू नभए विद्वानहरूको अस्तित्व हुँदैन थियो होला । यो संसारमा विद्वान् होस् या नहोस् तर, पनि मूर्खचैं अवश्य हुन्छ र मूर्खहरू रहुन्जेल यो संसारमा बुद्धिजीवीहरुका…
पुरा पढौ
घुम्नलाई बिदेश चाहर्नु पर्दैन ,मुस्ताङमै सबथोक
केही साताअघि मुलुकभर मौसम बदली संगै हिमाली तथा उच्चपहाडी जिल्लामा वर्षा र हिमपात भयो । तराई र पहाडी भू–भागमा पनि वर्षा भयो ।केही दिनको वर्षा पनि पूनः रोकियो । मौसममा अपेक्षाकृत सुधार आउन थालेपछि हेटौडाका स्वास्थ्यकर्मी टोलीले बुने मुस्ताङ घुम्ने योजना । मौसम ख््ुल्ला उघ्रिएकोले हेटौडाकी स्वास्थ्यकर्मी विनिता ढकालसहित उनका केही सहकर्मी साथीहरु शनिवार मुस्ताङको जोमसोम आईपुगे ।यसअघि खुल्ला मौसम देखेर घरबाट हिडेका उनीहरु म्याग्दी आईपुग्दा अकस्मात वर्षाले अवरोध पू¥यायो…
पुरा पढौ
पाक्लिङ र कागबेनीका दलीत समूदायलाई बाख्रा बितरण
मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नम्बर ४ कागबेनी र पाक्लिङका गरिव तथा बिपन्न दलित समूदायलाई गाउपालिकाले बाख्रा बितरण गरेको छ ।गाउपालिकामा रहेका गरिब तथा बिपन्न समूदयको जिवन स्तर उकास्दै उनीहरुमा उद्यमशिलताको बिकास गर्ने उद्देश्यले उक्त वडाका ८ घरधुरी दलित समूदायलाई बाख्रा बितरण गरिएको प्रमूख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार चालु आर्थिक वर्षको बिनियोजित बजेट मार्फत वडा नम्बर ४ का बिपन्न दलित समूदायलाई २ लाख ८८ हजार…
पुरा पढौ
विश्वकप क्वालिफायर : नेपालको विजयी शुरुआत
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई ३४ रनले पराजीत गरेको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा १२७ रनको लक्ष्य पच्छ्याएको मलेशियाले पूरै ओभर खेल्दै सात विकेटको क्षतिमा ९२ रन मात्र बनाएपछि नेपालले ३४ रनको जित निकालेको हो । मलेशियाका लागि क्रिस्टिना बर्थ र विनिफ्रेड दूरी सिङ्घमले समान २१÷२१ तथा सासा आज्मीले १६ रन बनाइन् । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन…
पुरा पढौ
माल्दिभ्सका पूर्वराष्ट्रपतिलाई पक्रन आदेश
माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई सोमबार पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरूले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भिक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धीकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट बाहिरिनुअघि १० लाख ५० हजार डलर सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ । उनलाई पक्राउ गर्न…
पुरा पढौ