Uncategorized

किसानलाई सित्तैमा १० हजार स्याउका विरुवा

सिमकोट गाउँपालिकाले कृषकलाई निःशुल्क रूपमा स्याउ र ओखरका बोट वितरण गरेको छ । जिल्ला सदरमुकाममै रहेको सिमकोट गाउँपालिकाले मङ्गलबार कृषकलाई स्याउ बोट वितरण गरेको छ । जिल्लामा स्याउ, ओखर लगाउने सिजन शुरु भएसँगै किसानलाई स्याउ, ओखरमा आत्मनिर्भर बनाउनका लागि बोट वितरण कार्य शुरु गरेको सिमकोट गाउँपालिका कृषि शाखा प्रमुख नेत्रबहादुर शाहीले बताए । सिमकोट गाउँपालिका बागवानीअन्तर्गत वडा नं १ देखि ८ सम्मका कृषकलाई दश हजार स्याउका बोेट, दुई हजार चालिस… पुरा पढौ

सिटी रेबान महोत्सवका ६० % स्टल बुकिङ

‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’का ६० प्रतिशत स्टल बुकिङ भएका छन् । नेपाल नगर रेस्टुरेन्ट तथा बार एसोसियसन (सिटी रेवान)को आयोजनामा आगामी फागुन १७ देखि २५ गतेसम्म हुने सातौं संस्करणको महोत्सवका ६० प्रतिशत स्टल बुकिङ भइसकेको सिटी रेवान पोखराका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । महोत्सव पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुँदै छ । महोत्सवमा १ सय ३० वटा स्टल रहने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । १० वटा खाना तथा… पुरा पढौ

प्रचण्ड-अमेरिकी राजदूत भेटवार्ता

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीबीच भेटवार्ता भएको छ । भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेपविरुद्ध प्रचण्डले ‘कडा’ विज्ञप्ति जारी गरेपछि नेकपा मात्र होइन सरकारको समेत अमेरिकासँगको सम्बन्धमा असर पुगेको चर्चा भइरहेका बेला प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । उनीहरुबीच शनिबार ‘वान टु वान’ भेटवार्ता भएको नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पुुष्टि गरे । भेटमा प्रचण्डले आफूले कुन आशयमा विज्ञप्ती… पुरा पढौ

वैज्ञानिक पलायन रोक्न नयाँ विश्वविद्यालय खोलिँदै

 विज्ञान तथा प्रविधिको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान (विश्वविद्यालय) स्थापनाका लागि पूर्वाधार विकास समिति गठनको तयारी भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाधार विकास समिति गठनका लागि सम्भावित व्यक्तिको नामावली, प्रतिष्ठानका लागि प्रस्तावित स्थल र बजेटको प्रवन्धको गृहकार्य गरेको हो । यही माघ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको पूर्वाधार तयारी विकास समिति (गठन) आदेश, २०७५ स्वीकृत गरेकाले अव… पुरा पढौ

निर्मलाको हत्यारा पत्ता लागेको प्रहरीको दावी

 प्रहरी संगठन र सरकार समेतको टाउको दुखाइको विषय बन्दै आएको निर्मला हत्या प्रकरणको छानविन अन्ततः सफल भएको छ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारासम्म पुग्न आफूहरु सफल भएको प्रहरीले दावी गरेको छ । लामो अनुसन्धानपछि निर्मला हत्याको ६ महिनापछि आफूहरु हत्यारासम्म पुग्न सफल भएको प्रहरीले दावी गरेको छ । निर्मलाका हत्यारालाई दुई–चार दिनभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । निर्मलाका… पुरा पढौ

साउदीअरेबियाका पत्रकार खाशोग्गीको हत्या योजनावद्ध तयारीका साथ भएको पुष्टि

पत्रकार जमाल खाशोग्गीको हत्या साउदी अरेबियाका अधिकारीको योजनावद्ध तयारीका साथ भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।संयुक्त राष्ट्रसंघको नेतृत्वमा भएको अनुसन्धानले पत्रकार खाशोग्गीको हत्या साउदी अधिकारीको तयारी तथा योजनावद्ध नियत अनुसार भएको निष्कर्ष निकालेको समाचार संस्था रोयटर्सले जनाएको छ । अनुसन्धानको निष्कर्ष संयुक्त राष्ट्रसंघीय टोलीले बिहीबार सार्वजनिक गरेको हो । अमेरिकी पत्रिका द वासिंगटन पोस्टमा लेख्दै आएका साउदी अरेबियाका पत्रकार खाशोग्गीको गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा हत्या… पुरा पढौ

बाजुरामा पुनः हिमपात

एकसाता अघिदेखि हिमपात रोकिएर घाम लाग्न थालेकामा फेरि बुधबारबाट हिमपात शुरु भएको छ । हिमपात र वर्षातसँगै बढेको चिसोले यहाँको जनजीवन फेरि कष्टकर बनेकोे छ । बुधबार दिउँसोबाट जिल्लाका उच्च लेकाली भेगमा शुरु भएको हिमपात दक्षिणी भागमा पनि बढ्दै गएको छ । हिमपातकै कारण पोरखे लेक पुग्ने बाटो पुन अवरुद्ध हुँदा जिल्लाको उत्तरी क्षेत्रबाट मार्तडी पुग्ने यातायात रोकिएको यातायात व्यवसायी बाबा गुरुङले बताए। बडिमालिका नगरपालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे… पुरा पढौ

अज्ञात समूहले गोली प्रहार गर्दै हिंडेपछि स्थानीय त्रसित

दाङको तुलसीपुरमा अज्ञात समूहले अन्धाधुन्ध गोली प्रहार गर्दै हिंडेपछि स्थानीय त्रसित बनेका छन्  । तुलसीपुर उपमहानगरपालिका–६ गोरौरा हुँदै वडा नं. १० सम्म उक्त समूहले सोमबार बेलुकीपख अन्धाधुन्ध गोली प्रहार गर्दै हिंडेपछि स्थानीय गाउँले भयवित बनेका हुन् । उक्त समूहले बेलुका ८ बजेदेखि झण्डै साढे ८ बजेसम्म तुलसीपुर–सुकौरा सडक खण्डको विभिन्न स्थानमा गोली फायर गरेका थिए । ‘मोटरसाइलकमा सवार केही व्यक्तिले अन्धाधुन्ध गोली फायर गर्दै हिँडेका थिए,’ गौलौरा एक स्थानीयले भने, ‘बाइकबाटै… पुरा पढौ

विष्णु माझी र राजु मगरको आवाजमा मार्मिक लोकदोहोरी “सम्झनाले रुवायो “ भिडियो सहित

नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक राजु मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “सम्झनाले रुवायो “ गीतको भिडियो बजारमा आएको छ ।   मायालुको अभावमा भौतारिनु पर्दाको कहालिलाग्दो पिडालाई गीतमा समेटिएको छ । मायालुले जिवनमा छोडदा मनमा पिडा भएको कुरा गायकले गरेका छन । राजु मगर र सुरेश मगरको गीतमा शब्द र सुरेश मगरको लय सिर्जना गीतमा समावेश गरिएको छ । मुकेश हुमाँगाईँको छायाँकन ,… पुरा पढौ

केबलकारले मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने

पञ्चासे केवलकार एण्ड टुर्स लिमिटेडले प्रभावित क्षेत्रका किसान र मजदुरलाई रोजगारी र लगानीको समेत अवसर दिने भएको छ । पर्वत, कास्की तथा स्याङ्जाको सिमानामा पर्ने प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा केबलकारसहितको पूर्वाधार निर्माण गर्ने उद्देश्य राखेको कम्पनीले ‘योगदानमा अधारित शेयर वितरण कार्यविधि’ पारित गरेर रोजगारी र शेयर लगानीको अवसर दिन लागेको हो । पञ्चासेसँंग जोडिएका साविकका १८ गाउँ विकास समितिका स्थायी बासिन्दाका लागि यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं