विष्णु माझी र राजु मगरको आवाजमा मार्मिक लोकदोहोरी “सम्झनाले रुवायो “ भिडियो सहित

नेपाली लोकदोहोरी क्षेत्रमा विशिष्ट स्थान बनाउन सफल गायिका विष्णु माझी र गायक राजु मगरको आवाजमा सजिएको निकै मार्मिक लोकदोहोरी “सम्झनाले रुवायो “ गीतको भिडियो बजारमा आएको छ ।  

मायालुको अभावमा भौतारिनु पर्दाको कहालिलाग्दो पिडालाई गीतमा समेटिएको छ । मायालुले जिवनमा छोडदा मनमा पिडा भएको कुरा गायकले गरेका छन । राजु मगर र सुरेश मगरको गीतमा शब्द र सुरेश मगरको लय सिर्जना गीतमा समावेश गरिएको छ ।

मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन गीतमा छ । “सम्झनाले रुवायो “ गीतमा साया भण्डारी र विमल अधिकारीको अभिनय रहेको छ ।