Uncategorized

मापसे जाँचमा कडाइ

काठमाडौँमा ट्राफिक प्रहरीले मापसे जाँचमा कडाइ गरेको छ । दिउँसोमा समेत मापसे जाँच थालेको प्रहरीले रातिको समेत थप कडाइ गरेको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रहरी निरीक्षकको नेतृत्वमा दिउँसोमा विभिन्न स्थानमा मापसे जाँच थालेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । यसअघि साँझ र रातिको समयमा मापसे जाँच हुँदै आएकोमा सवारी दुर्घटनालाई ध्यानमा राख्दै अब दिउँसोमा समेत शुरु गरिएको प्रहरीले जनाएको छ । पहिलो चरणमा… पुरा पढौ

मनिपालको विवाद सुल्झियो, कर्मचारीको तलब बढ्यो

लामो समयदेखि जारी पोखराको मणिपाल शिक्षण अस्पतालको विवाद टुंगिएको छ । तलबभत्ता वृद्धि लगायतका माग राखी मणिपालका मजदुर २०७४ साउनदेखि आन्दोनमा थिए । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनपछि विवाद टुंगो लागेको मन्त्रालयले जनाएको छ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मणिपालका अध्यक्ष अमृतबाबु पौडेलले समस्या समाधानमा मन्त्री विष्टले नै हस्तक्षेप गर्नुपरेको बताए । ‘लामो समयदेखिको यो विवाद टुंगो लगाउन श्रम मन्त्रालयले नै हस्तक्षेप गर्नुपर्यो,’ पौडेलले… पुरा पढौ

खोला थुनिएर बनेको तुरेतुरेतालमा नौका बिहार

यसपालिको भदौमा २९ गते आएको पहिरोले खोला थुनियो । केही घर बिस्थापित भए । बिपत्तिबाट सिर्जना भएको ताल अहिले आशाको त्यान्द्रो बनेको छ । ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सीमानामा रहेको बनेको यो तालमा नियमित रुपमा नौका बिहार सुरु भएको छ । ढोरपाटन नगरपालिकाको पहलमा विधिवत रुपमा नौका बिहार सञ्चालनमा आएको हो । यहाँका पीडित परिवारको पीडामा मलम लगाउने उद्देश्यसहित डुबान पीडितहरूको भेलाबाट दिलबहादुर कुमालको अध्यक्षतामा ७ सदस्यीय समिति बनाएर… पुरा पढौ

सुगौली सन्धिमा गुमेको १ तिहाइ नेपाल फिर्ता गर्न अभियान

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै हस्ताक्षर सङ्कलन शुरु गरेको छ ।  पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु गरिएको अभियान आगामी चैत मसान्तसम्म जारी रहने तथा मुलुकभित्र र बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने छ ।  मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले सङ्कलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घका महासचिव, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य… पुरा पढौ

सुन्तला नफलेपछी बोट चिर्दै बाल्दै

फुङ्लिङ नगरपालिका–८ को कोदारगाउँकी मनकुमारी सुनुवार ५ वर्षअघिसम्म मङ्सिर लाग्नासाथ फुङ्लिङ बजारको तोक्मेडाँडामा लाग्ने हटियामा सुन्तलाको भारी बोकेर आउने गर्थिन् । घरैमा पनि तेह्रथुमबाट व्यापारीहरू सुन्तला खरिद गर्न आउँथे । सुन्तला बेचेरै वार्षिक ४–५ लाख आम्दानी गर्ने सुनुवारको वर्षभरिको घरव्यवहार त्यही पैसाबाट चल्थ्यो । तर अचेल घरनजिकैको सुन्तलाबारी हेर्दा विरक्त लागेको अनुभव सुनाउँछिन् । केही वर्षअघि लटरम्म सुन्तला फल्ने ठाउँमा यतिबेला बोटमा झिक्राबाहेक केही छैन । मेची राजमार्गले दुवैतर्फबाट बीचमा… पुरा पढौ

भौतिक विज्ञान समाज पश्चिमाञ्चलमा नयाँ समिति

नेपाल भौतिक विज्ञान समाज पश्चिमाञ्चल च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको पाँचौ अधिवेसनले मीनराज लम्सालको अध्यक्षतामा नयाँ समिति चुनेको छ । समितिको उपाध्यक्षमा सुन्दर ढकाल, सचिव रवि कार्की, सहसचिव सुजन लम्साल र कोषाध्यक्ष दीपक अधिकारी छन् । संस्थाको सदस्यमा लक्ष्मण तिमिल्सिना, अमृत ढकाल, लक्ष्मण थापा र प्रदीप सुवेदी निर्वाचित भएका छन् । कार्यक्रममा उपप्राध्यापक लाक्पा छिरिंग गुरुङलाई सम्मान गरिएको थियो । पुरा पढौ

काजी रिहा नभए शैक्षिक हड्ताल

नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारी कास्की आन्दोलित भएको छ । क्रान्तिकारी कास्की अध्यक्ष काजी गुरुङलाई चन्दा असुली आरोपमा कास्की प्रहरीले १९ गते राति पक्राउ गरेको थियो । काजीको रिहाइ माग गर्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । क्रान्तिकारी कास्की उपाध्यक्ष आस्था नेपालीले हस्ताक्षर गरेको विज्ञप्तिमा सम्पूर्ण इकाइमा कालो झन्डा राख्ने, २३ गते सबै इकाइमा विरोध सभा, २४ गते भण्डाफोरसहित प्रदर्शन गर्ने जनाइएको छ । यी कार्यक्रमपछि पनि काजीको… पुरा पढौ

ताइबान स्वतन्त्र देश हुनै सक्दैन : सी जिनपिङ

चीनका राष्ट्रपति सी जिनपिङले चीनसँग ताइवानको पुनःएकीकरण अपरिहार्य रहेको बताएका छन् । उनले ताइवानलाई स्वतन्त्र मुलुक बनाउने कुनै पनि प्रयत्न आफूलाई स्वीकार्य नहुने बताउँदै विषम परिस्थितिमा सैनिक शक्ति पनि प्रयोग गर्न चीन पछि नपर्ने चेतावनी दिए । चीनसँग ताइवान पुनःएकीकरण भए पनि चीनले लोकतान्त्रिक ताइवान होस् भन्ने चाहेको राष्ट्रपति सीले स्पष्ट गरे । सन् १९४९ मा चीनको मुख्य भू–भागमा गृहयुद्ध समाप्त भएदेखि नै चीन र ताइवानमा अलग अलग शासन व्यवस्था… पुरा पढौ

आइतबार तमु ल्होसार

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको… पुरा पढौ

जोमसोमका ३ स्थानमा फोहोर संकलनकेन्द्र

मुस्ताङ सदरमुकाम जोमसोममा शनिवारदेखि फोहोर संकलनकेन्द्र सुरु भएको छ ।सदरमुकाम जोमसोम संग जोडिएको घरपझोङ गाउपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को बिनियोजित ९ लाख बजेट मार्फत जोमसोमक्षेत्रका ३ स्थानमा फोहोर संकलनकेन्द्र भवन निर्माण गरिएको हो । गाउपालिकाले निर्माण गरेको ३ वटा फोहोर संकलनकेन्द्र भवनहरुमा ३–३ वटा कोठा छन्् ।जसमा सिसा जन्य पदार्थ ,धातु र प्लाष्टिक जन्य पदार्थ र सजिलै जल्न सक्ने अन्य फोहोरहरुको अलग÷अलग व्यवस्था गरिएको हो ।फोहोर संकलनकेन्द्रको सुरुवातपछि जोमसोमका स्थानीयवासी,बिभिन्न… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं