Uncategorized

२ छोरासहित आमाले खाइन् विष

घरायसी विवादका कारण एक आमाले २ छोरासहित विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेकी छन् ।  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर १ सोनमाईस्थित खजुरी टोल बस्ने रविन्द्र यादवकी श्रीमती (२४ वर्ष) रिनादेवी यादवले आफ्ना २ छोरालाई विष खुवाई आफूले पनि विष सेवन गरेकी हुन् । विष खुवाएका कारण कान्छो छोरा ३ वर्षका रितेशको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षका रितिक र आमा रिना गम्भीर छन् ।  आमालाई उपचारका… पुरा पढौ

१० दिनदेखि सम्पर्क विहिन भए वडाअध्यक्ष:भुसाल

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसाल विनोद १० दिनदेखि सम्पर्क् विहीन भएका छन् । पुस २ गते मालारानी २ डाँडाकटेरीस्थित घरबाट वडा कार्यलयको मोटरसाइकल सर्भि्सिङ्ग गर्न भन्दै सन्धिखर्क आएका भुसाल सम्पर्क्विहिन भएका हुन् । अध्यक्ष भुसालको खोजीको माग गर्दै उनका आफन्तले प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार गोरुसिंगेसम्म बस चढेर गएक बताएका छन् । तर गोरुसिंगेबाट कहाँ… पुरा पढौ

सबै मेडिकल कलेज गैरनाफामुलक

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा चिकित्सा शिक्षा विधेयकमा अन्तिम छलफल चलिरहेको छ। उपसमितिले डा गोविन्द केससँग भएका सहमतिलाई प्रमुख आधार मानेर विधेयकमा परेका संशोधनहरुलाई समेटेर प्रतिवेदन बनाउने भएको छ। आइतबार उपसमितिमा भएको छलफलमा डा केसीसँग सरकारले गरेको सम्झौताका सबै कुरा पर्ने र प्रतिकुल पनि नहुने गरी प्रतिवेदन बनाउन लागिएको सांसद खगराज अधिकारीले बताए।  छलफलमा विधेयकमा हाल सञ्चालनमा रहेका मेडिकल कलेजलाई क्रमश गैरनाफामुलक बनाउँदै लैजाने र नयाँ खुल्ने… पुरा पढौ

रक्षामन्त्रीले छाडे ट्रम्पको साथ

अमेरिकाका रक्षामन्त्री जिम माट्टिजले बिहीबार राजीनामा दिएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट २ हजार अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको भोलिपल्ट जिमले राजीनामाको घोषणा गरेका हुन् । ट्रम्पले उच्च सैनिक अधिकारी र राष्ट्रिय सुरक्षा सम्बन्धी अधिकारीहरुको विरोधका बाबजुद उक्त निर्णय गरेको जनाइएको छ । ट्रम्पले ट्विट गर्दै जिमले आगामी फेब्रुअरीको अन्त्यमा अवकाश पाउने जनाएका थिए । चाँडै नयाँ रक्षा मन्त्री चयन गरिने समेत उनले उल्लेख गरेका छन् । … पुरा पढौ

हिन्दू राष्ट्रका लागि कांग्रेससँग सहकार्य हुन सक्छ : थापा

सराष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट हिन्दु राष्ट्र पक्षमा निर्णय गर्न नेपाली कांग्रेसलाई अपिल गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई महासमिति बैठकबाट हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न आग्रह गरेका हुन् । उनले भने, ‘कांग्रेस साँच्चिकै हिन्दु राष्ट्रको पक्षमा भए अहिले काठमाडौंमा भइरहेको महासमिति बैठकबाट निर्णय गरोस्, म त्यो साहस देखाउन कांग्रेस सभापति शेरबहादुर देउवा… पुरा पढौ

बासुरी देखि छतमाथिको करेसाबारी सम्मः तुलाचन

विगत साढे २ दशक अघिदेखि पोखरा महेन्द्रपुल नजिकै निजि होटल व्यवसाय संञ्चालन गर्दै आएका पोखरा ९ निवासी सूर्यबहादुर तुलाचनको हिजोआजको दिनचर्या बासुरी र छतमाथिको करेसाबारी रेखदेखमै बित्ने गरेको छ । आफ््नो बाल्यकाल सम्झदै तुलाचनले भने,‘गित गाउने र बाजुरी बजाउने देखि सौख थियो,तर यसमा समर्पित रहन सकिन ।हाम्रो युग र अहिलेको युग फेरिएको छ ।कला देखाउन रङ््गमञ्चनै चाहिदैन।’ उनले अmझै पनि एक्लै बासुरी बजाएर भएपनि संङ््ितको प्यास मेट््ने गरेको खुलाए ।… पुरा पढौ

देश ‘काम नलाग्ने भयो’ भन्ने धेरैले देशका लागि भने खासै केही ‘काम’ गरेको देखिएन

देश 'काम नलाग्ने भयो' भन्ने धेरैले देशका लागि भने खासै केही 'काम' गरेको देखिएन ।😒😒 — NAYAN RAJ PANDEY (@NayanRajPandey) October 31, 2018 पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं