विगत साढे २ दशक अघिदेखि पोखरा महेन्द्रपुल नजिकै निजि होटल व्यवसाय संञ्चालन गर्दै आएका पोखरा ९ निवासी सूर्यबहादुर तुलाचनको हिजोआजको दिनचर्या बासुरी र छतमाथिको करेसाबारी रेखदेखमै बित्ने गरेको छ ।
आफ््नो बाल्यकाल सम्झदै तुलाचनले भने,‘गित गाउने र बाजुरी बजाउने देखि सौख थियो,तर यसमा समर्पित रहन सकिन ।हाम्रो युग र अहिलेको युग फेरिएको छ ।कला देखाउन रङ््गमञ्चनै चाहिदैन।’ उनले अmझै पनि एक्लै बासुरी बजाएर भएपनि संङ््ितको प्यास मेट््ने गरेको खुलाए ।
आफ््नो होटलको फ्रन्ट काउन्टरमा बासुरी बजाएर संङ््िगतको आत्मसन्तुष्टि लिने गरेका होटल व्यवसायी तुलाचनले छतमाथिको करेसाबारीमा अर्गानिक तरकारी खेति पनि संञ्चालन गरेका छन्् ।उनी दिनहु यसै काममा उर्जा र मेहनतका साथ जुट््छन्् ।
साविककै पुख्यौली घर मुस्ताङ भई अन्नपूर्ण गाउपालिका लुम्लेमा बसोबास गर्दै आईरहेका तुलाचन ३ दशकदेखि पोखरामा स्थान्तरण भएका हुन्् ।उनको महेन्द्रपुलमा स्राग्रिला गेष्ट हाउस छ ।होटलमा ग्राहक आउदा सेवामै सर्मर्पित रहने तुलाचन ग्राहक नआउदा भने बासुरी बजाएर समय बिताउछन्् ।यसका अलावा करेसाबारीको रेखदेख गर्ने उनको अर्को काम हो ।
सुरुवाती दिनहरुमा आगन्तुक पाहुनाहरुको भीडले उनलाई एकदमै व्यस्तता तुल्याउने गरेको भएपनि पछिल्लो समय पर्यटकको लेकसाईड क्रुेज र विभिन्न गाउहरु जोड््ने शाखा ग्रामिण मोटर बाटो बिस्तारपछि उनको होटल व्यवसाय केही सुस्ताएको हो ।यहि होटल चलाएर २ छोरालाई अमेरीका उडाए भने १ छोरालाई डक्टर पढाए ।
विगतमा गरेको दुख र साधना संग सन्तुष्ट रहेका उनले होटल व्यवासायलाई चटक्क माया मार्न सक्दैनन।उनी भन्छन््‘पुगिसरी आयो भन्दैमा पूख्यौली पेशालाई कसरी माया मारौं ।उनले पेशा छोडेर अर्को पेशामा लाग्न अनुभवको जरुरी पर्ने बताए ।‘होटलमा पाहुना आउने क्रम घटेको छ ,पाहुना नआउदा समयको किफायत छतमाथि तरकारी फलाउनतिर लाग्छु ।केही नभए बासुरी बजाएर दिन काट््ने गर्छु ।’उनले भने ।
व्यवसायी तुलाचनले छतमाथि मौसम अनुसारको विभिन्न तरकारी उत्पादन गर्ने गरेको बताउछन्् ।माटाका गमला र सिमेन्टका खाली बोरामा माटो भरेर उनले तरकारी उत्पादन गरेका हुन्् ।उनले मौसम अनुसारको बन्दा ,काउली,प्याज,टमाटर,धनिया,लौका,घिरौला,काक्रा,खुर्सानी,भन्टा,गाजर आदी उत्पादन गरेका बताए ।
तरकारी उत्पादनका लागि तुलाचनले छतमाथिनै लेस र गिरीराज जातका कुखुरा पालन गरेका हुन्् ।उनले छतमाथि ५० भन्दा बढी कखुरा पालन गरेका हुन्् ।होटल व्यवसायी तुलाचन भन्छन््,‘छतमाथि उत्पादन गरेको तरकारीले मासिक एकसाताका लागि जोहो हुने जानकारी दिए ।