अमेरिकाका रक्षामन्त्री जिम माट्टिजले बिहीबार राजीनामा दिएका छन् । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट २ हजार अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरेको भोलिपल्ट जिमले राजीनामाको घोषणा गरेका हुन् ।
ट्रम्पले उच्च सैनिक अधिकारी र राष्ट्रिय सुरक्षा सम्बन्धी अधिकारीहरुको विरोधका बाबजुद उक्त निर्णय गरेको जनाइएको छ । ट्रम्पले ट्विट गर्दै जिमले आगामी फेब्रुअरीको अन्त्यमा अवकाश पाउने जनाएका थिए । चाँडै नयाँ रक्षा मन्त्री चयन गरिने समेत उनले उल्लेख गरेका छन् ।
जिमले सार्वजनिक गरेको राजीनामामा थुप्रै विषयमा उनको ट्रम्पसँग असहमति रहेको उल्लेख छ ।
उनले राजीनामामा राष्ट्रपतिलाई भनेका छन्, ‘तपाईंको विचारसँग मिल्ने रक्षामन्त्री चयन गर्ने अधिकार तपाईंलाई छ र मलाई पनि आफ्नो पद छोड्ने अधिकार छ ।