काजी रिहा नभए शैक्षिक हड्ताल

नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारी कास्की आन्दोलित भएको छ । क्रान्तिकारी कास्की अध्यक्ष काजी गुरुङलाई चन्दा असुली आरोपमा कास्की प्रहरीले १९ गते राति पक्राउ गरेको थियो ।


काजीको रिहाइ माग गर्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन घोषणा गरेको हो । क्रान्तिकारी कास्की उपाध्यक्ष आस्था नेपालीले हस्ताक्षर गरेको विज्ञप्तिमा सम्पूर्ण इकाइमा कालो झन्डा राख्ने, २३ गते सबै इकाइमा विरोध सभा, २४ गते भण्डाफोरसहित प्रदर्शन गर्ने जनाइएको छ ।

यी कार्यक्रमपछि पनि काजीको रिहाइ नभए २५ गते कास्कीमा शैक्षिक हड्ताल गर्ने क्रान्तिकारीले चेतावनी दिएको छ ।