भौतिक विज्ञान समाज पश्चिमाञ्चलमा नयाँ समिति

नेपाल भौतिक विज्ञान समाज पश्चिमाञ्चल च्याप्टरमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको पाँचौ अधिवेसनले मीनराज लम्सालको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।


समितिको उपाध्यक्षमा सुन्दर ढकाल, सचिव रवि कार्की, सहसचिव सुजन लम्साल र कोषाध्यक्ष दीपक अधिकारी छन् । संस्थाको सदस्यमा लक्ष्मण तिमिल्सिना, अमृत ढकाल, लक्ष्मण थापा र प्रदीप सुवेदी निर्वाचित भएका छन् ।


कार्यक्रममा उपप्राध्यापक लाक्पा छिरिंग गुरुङलाई सम्मान गरिएको थियो ।