मुस्ताङ सदरमुकाम जोमसोममा शनिवारदेखि फोहोर संकलनकेन्द्र सुरु भएको छ ।सदरमुकाम जोमसोम संग जोडिएको घरपझोङ गाउपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को बिनियोजित ९ लाख बजेट मार्फत जोमसोमक्षेत्रका ३ स्थानमा फोहोर संकलनकेन्द्र भवन निर्माण गरिएको हो ।
गाउपालिकाले निर्माण गरेको ३ वटा फोहोर संकलनकेन्द्र भवनहरुमा ३–३ वटा कोठा छन्् ।जसमा सिसा जन्य पदार्थ ,धातु र प्लाष्टिक जन्य पदार्थ र सजिलै जल्न सक्ने अन्य फोहोरहरुको अलग÷अलग व्यवस्था गरिएको हो ।फोहोर संकलनकेन्द्रको सुरुवातपछि जोमसोमका स्थानीयवासी,बिभिन्न व्यवसायी तथा सरकारी तथा गैरसरकारी निकायबाट जम्मा हुने बिभिन्न प्रकारका फोहोरजन्य पदार्थ व्यवस्थापन गर्न सकिने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताए ।गाउपालिकाले जिल्ला अदालत जोमसोमको अगाडी,गाउपालिका कार्यालय पछाडि र धौलागिरि आवासिय मावि नजिकै ३ स्थानमा फोहोर संकलनकेन्द्र भवन बनाएको हो ।
यसअघि अन्नपूर्ण संरक्षेणक्षेत्र आयोजना ,इलाका संरक्षणक्षेत्र कार्यालय जोमसोमले सदरमुकाम जोमसोममा फोहोर जलाउने भट््टा निर्माण गरेको थियो ।कागज फोहोरजन्य पदार्थ नष्ठ भएपनि सिसा र प्लाष्टिकजन्य फोहोरले सदरमुकाम जोमसोमको सौन्दर्यता प्रतिकुल भएपछि गाउपालिकाले सबै प्रकारको फोहोर संकलन गर्न सकिने योजना बनाएको हो ।गाउपालिकाकी उपाध्यक्ष शर्मिला गुरुङले फोहोर संकलनकेन्द्रको सुरुवातपछि जोमसोमको सुन्दरता अभिबृद्धि हुने दावी गरिन्् ।उनले गाउपालिकाले जिल्ला मुकाममा हुने फोहोर तथा कवाडी सामानको व्यवस्थान गर्न प्रदेश कवाडी संग सम्झौताको तयारी थालेको जनाईन्् ।
शनिवार देखि फोहोर संकलनकेन्द्र स्थापनापछि जोमसोमका करिव सय घरधुरीका गृहिणी महिलाहरु उत्साहित भएका छन्् ।गाउपालिकाले निर्माण गरेको उक्त फोहोर संकलनकेन्द्र भवनको संरक्षण,रेखदेख र व्यवस्थापन जोमसोम महिला समूहले गर्ने संस्थाकी अध्यक्ष रजनी शेरचनले जानकारी दिईन्् ।‘हामीले मुकामका सबै घरधुरीलाई जथाभावी फोहोर नफाल्न अनुरोध गरेका छौ,घरमा जम्मा भएको फोहोर संकलन केन्द्रमा ल्याउन भनेका छौ,’उनले भनीन््,‘संकलनकेन्द्रमा ल्याईएका सिसा र प्लाष्टिक फोहोरको पैसा पाउने व्यवस्थाको पहल हुदैछ ,यसले वातारण स्वच्छ र मुकामको गरिमामा श्रीबृद्धि हुने छ।’
पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ््दो छ ।सडक फराकिलो र स्तरबृद्धिका कारण मुक्तिनाथ ,कागबेनी लगायत उपल्लो मुस्ताङ सम्मको भ्रमण गर्ने पर्यटक बढिरहेको पाईएको छ।यहा आउने पर्यटकले मिल्काउने फोहोर र होटल र यातायात व्यवसायी ,ग्यारेज ,कार्यालय र घरहरुबाट जम्मा हुने उचित व्यवस्थापन गर्न संकलनकेन्द्र उपयोगिसिद्ध हुने वडाअध्यक्ष यमप्रसाद थकालीले बताए ।
शनिवार दुबै फोहोर संकलन केन्दको गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले एक समारोहकाबीच उद््घाटन गरेका थिए ।सो अवसरमा नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले फोहोर संकलनकेन्द्रको सहि सदुपयोग गर्न स्थानीय महिला गृहिणीहरुलाई आह्वान गरे ।
कार्यक्रम जोमसोम महिला समूहकी प्रमिता थकालीले संञ्चालन गरेकी थिईन्् ।