केही साताअघि मुलुकभर मौसम बदली संगै हिमाली तथा उच्चपहाडी जिल्लामा वर्षा र हिमपात भयो । तराई र पहाडी भू–भागमा पनि वर्षा भयो ।केही दिनको वर्षा पनि पूनः रोकियो । मौसममा अपेक्षाकृत सुधार आउन थालेपछि हेटौडाका स्वास्थ्यकर्मी टोलीले बुने मुस्ताङ घुम्ने योजना ।
मौसम ख््ुल्ला उघ्रिएकोले हेटौडाकी स्वास्थ्यकर्मी विनिता ढकालसहित उनका केही सहकर्मी साथीहरु शनिवार मुस्ताङको जोमसोम आईपुगे ।यसअघि खुल्ला मौसम देखेर घरबाट हिडेका उनीहरु म्याग्दी आईपुग्दा अकस्मात वर्षाले अवरोध पू¥यायो । हिलाम्मे सडकको कष्ठकर यात्रा गर्दै मुस्ताङको लेते आईपुगेका उनीहरु सडक जामका कारण झमक्क साँझै प¥यो ।पर्वत देखि मुस्ताङ सम्म सडक फराकिलो र स्तरबृद्धिकार्य भैईरहेकाले उनको टोली घण्टौ जाममा परेको उनीहरुले बताए ।
यतिबेला मुस्ताङको लेतेमा कालिगण्डकी नदी ड्राईभर्सन गर्दै सडकको स्तरोन्नति भैईरहेको छ ।हेटौडादेखि २ वटा टाटा सुमो रिर्जभ गरी ल्याएका उनीहरुले नदी छेउ बगरको ड्राईभर्सन सडक पहिल्याउन हम्मे÷हम्मे प¥यो ।बगरे सडक छुट््याउने आयोजनाले कुनै साईनबोर्ड नराखिदिदा निकै दुख व्यहोर्न पुगेको विनिताले दुखेसो सुनाईन्् ।सडकको बारेमा कोवाङकी एक स्थानीयको सहयोगमा सडकको जानकारी लिदै आफुहरु करिव राति १० बजे जोमसोम आईपुगेको उनले उल्लेख गरिन्् ।उनको टोली यहाँ आईपुग्दा जोमसोमका सबै होटल बन्द भैईसकेको विनिता बताउछिन्् ।
होटलको साईनबोर्डमा भएको फोनमा सम्पर्क गर्दै उनीहरुले बाँस बस्ने ईन्तजाम गरे ।होटल सम्म आईपुग्दा रात परिसकेकाले उनीहरुले वरपरका केही पनि दृष्य देख्न पाएनन्् ।
जोमसोम गुम्बा नजिकैको एक होटलमा बाँस बसेका विनिता र उनका साथिहरुले भोली बिहानको सुर्योदय संगै जोमसोम वरपर अद््भुत र आश्चार्यलाग्दो दृष्य देख्न पुगे ,त्यो थियो चारैतिरका डाडापाखामा टल्किएको चाँदी झै सेताम्मे थुप्रिएको हिउँनै हिउँको थुप्रो ।शुक्रबार मुस्ताङमा परेको हिउँ यो सिजनको ५ औं हिउँ थियो ।
यसअघि लगातार परेको हिउँ ओभाउन नपाउदा शुक्रबार पूनः हिमपात हुदा जोमसोम वरपरका सबै डाडाकाढाँ हिउँले ढाकिएका थिए ।शनिबार विनितासहित उनका साथीहरु होटलमै सामान थन्क्याएर जोमसोम गुम्बा नजिकै हिउँ खेल्न जुरे ।पेशाले स्वास्थ्यकर्मी ।सधैजसो बिरामीको सेवा गर्दागर्दा वाक्क बनेका उनीहरु मुस्ताङ भ्रमणका शिलशिलामा मुक्तिनाथको दर्शन गर्ने र यहाँको प्राकृतिक सौन्दर्य नियालेर मस्तिष्कलाई रिफ्रेस गर्ने धोको मध्ये एक पूरा भयो अर्को अधुरो रह्यो ।
मुस्ताङमा लगातारको हिमपातले शनिबारदेखि कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएको थियो ।स्थानीय प्रशासनले मुक्तिनाथ सवारी लैजान निषेध गरेकाले मुक्तिनाथ दर्शन गर्ने तिब्र चाहना अधुरो बनेको विनिता बताउछिन्् ।मुक्तिनाथ दर्शन गर्ने अवसर गुमाएकी विनिताले दर्शन गर्ने धोको थाँती रहेपनि आफु र आफ््नो टोली हिउँ हेर्न र खेल्न पाउँदा भाग्यमानी भएको सम्झिन्छिन्् ।विनिता भन्छिन्् ‘मुस्ताङ आईपुग्दा प्रत्यक्ष हिउँको दृष्य देख्न पाईयो।हामी भाग्यमानी हौ ।यस्तो दृष्य जोकोहीले विरलैले देख्न पाउँछन्् ।’
जोमसोम गुम्बा नजिक हिउँको थुप्रो थियो ।जनहित माविको बिद्यालय नजिकैको स्याउ बगैचामा रहरलाग्दो तवरले हिउँ जमेको थियो ।विनिताको केही साथीहरु गुँम्बा नजिक हिउँ हेर्दै नाचगान गर्नतर्फ लागे ।विनिता र उनका केही साथीहरु स्याउ बगानमा हिउँ खेल्न पसे ।बिहानीपख हावा पनि रोकिएको र तातो महुशस गराउदो खुल्ला मौसममा उनी संगै उनका साथीहरु सेल्फी खिच्ने र हिउँका डल्ला डल्लाले एकअर्कालाई प्रहारगरी रमाईलो गर्न थाले ।विनिताको मुस्ताङ यात्रा पहिलो थियो ।उनी भन्छिन्् ’यस्तो अचम्म लाग्दो दृष्य जीवनमा कहिल्यै देखेकी थिईन । अब ता मरेपछि पनि स्वर्ग तर्ने भईयो ।साच्चै मुस्ताङको बखान जुन सुनेकी थिए ।यहाँ आईपुग्दा त्यस्तै पाईयो ।’ ‘घुम्नकै लागि बिदेशनै जानु पर्देन ।सबथोक यही रहेछ ।मुस्ताङको फरक भूगोल र यहाका स्याउ बगान जिवनभरको यादगार रहिरहने छ ।’ उनले भनिन्् ।
त्यस्तै विनितासहित मुस्ताङ आईपुगेका उनका अर्को साथी सरोज पाठकले मुस्ताङमा प्रत्यक्ष हिउँ परेको देख्दा रमाईलो अनुभति भएको बताए ।मुस्ताङ जिल्ला घुम्न पर्ने मध्येको पहिलो पर्यटकीय गन्तब्य भएको समेत दावी गरे ।’हाम्रो पहिलो उद्देश्य मुक्तिनाथ दर्शन रहेपनि हिउँ खेल्न आनन्दको अनुभूती भयो ।मुक्तिनाथ दर्शन गर्ने ईरादा ठुलो थियो पूरा भएन ।अब म््ुस्ताङबाट हिउँको सन्देश लिएर जादैछौ ।मुस्ताङ स्वर्गकै एक टुक्रा रहेछ ,जसको बखान हेटौडामा पुगेर गर्छौ ।’अर्को पटक मौसम मिलाएर मुक्तिनाथ दर्शन गर्न आउने स्वास्थ्यकर्मी सरोज बताउछन्् ।
मुस्ताङमा फागुन महिना सुरुवात भएसंगै एकथरी पर्यटक भने हिउँ खेल्न मुस्ताङ आउने क्रम सुरु भएको छ ।कागबेनी देखि मुक्तिनाथ २१ किलोमिटर सडकमा अझै २ फिट हिउँ जमेको छ ।होटल ब्लू माउन्टेनकी संञ्चालिका सम्झना थकाली हिउँ खेल्नकै लागि भनेर मुस्ताङमा आन्तरिक पर्यटक बृद्धि भएको बताईन्् ।उनले मुस्ताङमा सडक स्तरबृद्धि भएकाले अपेक्षा अनुसार हिउँ खेल्न पर्यटक नआएको बिगत वर्षको अनुभव सुनाईन ।
मुस्ताङ आएका पर्यटक यतिबेला कालोभीर ,खिङ्गा ,झारकोट ,मुक्तिनाथ , ठिनी र ढुम्बाताल पुग्ने गरेका छन्् ।हिउँद कटेर गर्मीयाम सुरु भईसकेकाले हिउँखेल्न पर्यटक बढ््न सक्ने अर्को होटल ब्यवसायी राकेश भट्टचन बताउछन्् ।उनले कागबेनी देखि मुक्तिनाथ सम्म परेको हिउँ चैत्र सम्म रहने जानकारी दिए ।




