सानिमा बैंकका ग्राहकले औषधी, उपचारमा छुट पाउने भएका छन् । आविष्कार हस्पिटल अर्थोपलास्टी एन्ड ट्रमा सेन्टर प्रालि पोखरा १० र सानिमा बैंकबीच २ बुंदे सम्झौता पत्रमा मंगलबार सम्झौता भएको छ ।
सानिमा बैंकका ग्राहकले बैंकको डिजिटल झुक्तानीका माध्यम (डेबिट कार्ड, क्रडिट क्रार्ड, क्युआर कोड) बाट हस्पिटलमा रकम भुक्तानी गर्दा यस्तो छुट पाउने छन् । सम्झौता अनुसार सानिमा बैंकका जुनसुकै शाखामा खाता भएका ग्राहकले आविष्कार अस्पताल बुद्धचोकमा उपचार गर्दा अस्पतालले दिने सेवा हरुमा १५ र औषधिमा ५ प्रतिशत छुट पाउने छन् ।
सानिमाको तर्फबाट गण्डकी प्रदेश प्रमुख श्री सुदीपकुमार हल्वाई र आविस्कारको तर्फबाट सञ्चालक समिति अध्यक्ष डा. आकेश प्रजापतिले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौताबाट बैंकका ग्राहक लाभान्वित हुने हस्पिटलका मेडिकल डाइरेक्टर डा सञ्जय कोइरालाले बताए ।
यो सुबिधा मंगलबारबाट लागू भएको अस्पतालका मेडिकल डाइरेक्टर डा सञ्जय कोइरालाले जानकारी दिए । अबको सेवा कागज मुक्त हुनुपर्ने र कोरोना महामारी नियन्त्रणका लागिसमेत पेपरलेस पद्धति उपयुक्त भएकाले बिरामीले कागजी पैसाको सट्टा बिध्युतिय मध्यम प्रयोग गरुन् भनी त्यसलाई प्रोत्साहन गरिएको कोइरालाको भनाइ छ ।
यसै वर्षबाट सञ्चालनमा आएको आविष्कार अस्पतालले नविनतम उपकरणद्वारा विभिन्न किसिमका बिरामीको निदान तथा उपचार गरिरहेको र उक्त अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, २४ सै घण्टा हाडजोर्नी तथा नशा, नाक कान तथा घाटी रोग, बिशेषज्ञ आइ सी यु सेवा लगायतका सेवा छन् ।
आविस्कारले छाला तथा यौन रोग, पेट छाति तथा मुटु रोग, प्रसूति तथा स्त्री रोग, बाल रोग, दुरबिनबाट हुने अप्रेसन (LAPAROSCOPIC SURGERY) जस्ता सेवासमेत दिइरहेको छ ।