ओखलढुङ्गाको मानेभञ्ज्याङमा जीप दुर्घटना भएको छ । हलेसीबाट काठमाण्डौका लागि छुटेको बा १६ च २२०६ नम्बरको जीप दुर्घटना परि ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप मानेभञ्ज्याङको भँडारे खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु तथा ३ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजेश श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परि चारजना पुरुष र २ जना महिलाको ज्यान गएको छ ।
उनिहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा बिस्तृत जानकारी आउन बाँकी छ ।




