Uncategorized

मोजाम्बिकमा ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघेको आशङ्का

मोजाम्बिकमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिएका छन् । आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा यस प्रकोपमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १ हजार… पुरा पढौ

पोखराका दुई प्याराग्लाईडिङ उडान वन्द

पोखराका दुई प्याराग्लाईडिङकाे उडान वन्द गरिएको छ । दर्ता नै नगरी उनीहरुले उडान भरेपछि पोखरा महानगरपालिकाले उनीहरुको उडान वन्द गरिदिएको हो । दर्ता नै नगरी संचालनमा आएका एड्भान्स प्याराग्लाइडिङ र गोल्डेन हेभन प्याराग्लाइडिङलाई उडानमा रोक लगाइएको जानकरी पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालल सुवेदीले जानकारी दिए । कास्कीको सराङकोट, तोरीपानी, डिकीडाँडा र मान्द्रेढुंगावाट प्याराग्लाइडिङ उडाउने अनुमति छ तर अनुमति बिनाका डाँडावाट पनि उडान गर्ने गरिएको छ । महानगर पालिकाले प्याराग्लाईडिङ कम्पनीलाई… पुरा पढौ

जोमसोम बजारका होटलहरुको गुणस्तर अभ्यास अनुगमन

हिमालपारीको पयटकीय शहर मुस्ताङको जोमसोम बजारमा संञ्चालित होटलहरुको सोमबार अभ्यास अनुगमन गराईएको छ । स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको राजमार्गमा संञ्चालित रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानी दुईदिने कार्यशाला अन्तर्गत अभ्यास अनुगमन गराईएको हो । जोमसोमको ब्लु माउन्टेन गेष्टहाउसमा भएको उक्त कार्यशालामा जिल्लाका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी,शिक्षक,बिद्यार्थी,नागरिक समाज,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पत्रकार लगायतको सहभागिता रहेको छ । कार्यशालाको दोश्रो दिन सहभागिहरुलाई फिल्ट बजार अनुगमन गराईएको हो ।… पुरा पढौ

पूर्वाधार विकास नहुदाँ प्राचिन जोमसोम वस्ती ओझेलमा

कुनै समय धपक्कै बलेको जोमसोमको प्राचिन जोमसोम वस्ती बिकास संगै दिनप्रतिदिन ओझेलमा पर्दै गरिहेको छ ।परिवर्तित समय र बिकासको गति अनुसार पूर्वाधार बिकास नहुदा यो बस्ती आझेल परेको बताईन्छ । मुस्ताङको जोमसोम बजारको नाम संग अहिल पनि धेरै मानिस परिचित छन् ।जोमसोम बजारलाई समेटेर २ दशकअघि दिवंगत पर्यटन तथा नागरिक उड््यनमन्त्री रविन्द्र अधिकारीले जोमसोमे बजार,बाह् बजे हाावा सरर गीत लेखे अनि त्यसलाई नेपथ्यका अमृत गुरुङले गीत गाए । ‘जोमसोमे बजार,बाह्… पुरा पढौ

तमु चलचित्र ‘बिर्साउने पानी’ वैशाखमा प्रदर्शन

स्टार्स स्टुडियोको व्यानरमा निर्माण भएको तमु भाषाको चलचित्र म्ले क्यु (बिर्साउने पानी) आगामी वैशाख ७ गते शनिबार पोखरामा प्रदर्शन हुने भएको छ । जसु गुरुङको निर्देशनमा निर्मित चलचित्रले तमु जातिको मृत संस्कारका विभिन्न पक्षलाई देखाउन खोजिएको छ । चलचित्रमा रोशन गुरुङको कथा, माओत्से गुरुङको पटकथा र मुख्य अभिनय छ । यस्तै रीया गुरुङ, डिबी गुरुङ, रोनीत गुरुङ, कृष्टि गुरुङ, कमल गुरुङ लगायतका कलाकारको अभिनय छ । वैशाख ७ गते पोखरास्थित… पुरा पढौ

मुस्ताङको पैरोथाप्ला, घाँसे पाखोमा लागेको डढेलो नियन्त्रण हुँदै

मुस्ताङ र म्याग्दीबीचको सीमावर्तीक्षेत्र घाँसाको पैरोथाप्लामा आगोलागी डढेलो लागेको छ ।गएराति पैरोथाप्ला पुल देखि खोल्सो माथिको घाँसे पाखोमा आगोलागी (डढेलो)लागेको प्रहरी चौकी घाँसाले जनाएको छ । खोला किनारा देखि खोल्सो माथिको करिव ५ मिटर दुरीमा आगो फैलिएको थियो ।पैरोथाप्ला पाखोमा शनिबार राति डढेलो देखेपनि सुरक्षाकर्मीको टोली आईतबार आगो नियन्त्रणमा लिन पैरोथाप्ला पुगेको प्रहरी चौकी घाँसाका सहायक प्रहरी निरीक्षक गोपाल खत्रीले जानकारी दिए । डढेलो नियन्त्रणमा लिन नेपाल प्रहरी,नेपाली सेना र… पुरा पढौ

विप्लव नेकपाका जनसत्ता प्रमुखले पार्टी छाडे

सरकारले प्रतिवन्ध लगाएको दुई दिनमै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी छाडेका छन् र बिहीबार ओखालढुङ्गा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै खत्रीले पार्टीको जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् । खत्रीले अब पार्टीसँग अब कुनै सम्बन्ध नरहने घोषणा गरे ।अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले जानकारी दिए । खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि… पुरा पढौ

मुस्ताङमा बन्दको प्रभाव न्यून ,लामो दुरीका सवारी साधन चलेनन्

प्रतिबन्धित नेकपा बिप्लप समूहले आह्वान गरेको नेपाल बन्दको प्रभावको मुस्ताङमा आशिंक परेको छ । बन्दकै कारण मुस्ताङबाट काठमान्डौं,सुनौली,पोखरा र बेनी जाने लामो दुरीका कुनैपनि सवारी साधन चलेनन्् ।यसअघि मुस्ताङबाट छुट््ने घोडाघोडी यातायात,म्याग्दी कोरला ,मुक्तिनाथ यातायात प्रालि र धौलागिरी यातायात प्रालिका बस तथा जीप छुुट््ने गरेतापनि बिहिबारको बन्द कारण जोमसोममै रोकिए । मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी बिश्वश्वर रेग्मीका अनुसार मुस्ताङमा बन्दको प्रभाव शुन्य रहेको जानकारी दिए ।उनका अनुसार स्थानीय रुढ… पुरा पढौ

मुस्ताङका प्रहरी प्रमुख कार्कीलाई स्वागत

मुस्ताङ कार्यक्षेत्र बनाई आएका डिएसपी तुलबहादुर कार्कीलाई शुक्रबार मुस्ताङबासीले स्वागत गरे ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको परिचयात्मक कार्यक्रममा कार्कीलाई कार्यकक्षमा स्वागत गरिएको हो। स्याङ्जा जिल्ला घर भई हाल पोखरा महानगरपालिकामा बसोबास गर्दै आईरहेका डिएसपी कार्कीको प्रहरी सेवामा डेभ्यु भने २०५६ साल देखि भएको हो ।शैक्षिक योग्यताबाट सिधै प्रहरी निरीक्षक(ईन्सपेक्टर)को पदमा भर्ना भएका उनको अनुभव १९ वर्षको छ । उनले सुरुवाती दाङको ईलाका प्रहरी कार्यालय तुल्सीपुरको प्रहरी प्रमुख देखि बिभिन्न… पुरा पढौ

विमानस्थलमा रिफ्युलर थप्ने आयल निगमको तयारी

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने भएको छ। रिफ्युलर कम हुँदा जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो बस्नुपर्ने अवस्था अन्त्य गर्न रिफ्युलर थप्न लागिएको हो। रिफ्युलर खरिद कार्यसमेत निगमले अघि बढाइसकेको छ।निगमका अनुसार त्रिभुवन विमानस्थलमा आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान संख्या र चाप थपिँदै गएको अवस्थामा रिफ्युलरको संख्या नथपिँदा एउटा जहाजले इन्धन भर्न कम्तीमा ३० मिनेटदेखि ४५ मिनेटसम्म पालो कुर्नुपर्छ। निगमका इन्जिनियरिङ विभाग प्रमुख राजिवराज शर्माका अनुसार देशभरकै… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं