मुस्ताङ कार्यक्षेत्र बनाई आएका डिएसपी तुलबहादुर कार्कीलाई शुक्रबार मुस्ताङबासीले स्वागत गरे ।जिल्ला प्रहरी कार्यालय मुस्ताङले आयोजना गरेको परिचयात्मक कार्यक्रममा कार्कीलाई कार्यकक्षमा स्वागत गरिएको हो।
स्याङ्जा जिल्ला घर भई हाल पोखरा महानगरपालिकामा बसोबास गर्दै आईरहेका डिएसपी कार्कीको प्रहरी सेवामा डेभ्यु भने २०५६ साल देखि भएको हो ।शैक्षिक योग्यताबाट सिधै प्रहरी निरीक्षक(ईन्सपेक्टर)को पदमा भर्ना भएका उनको अनुभव १९ वर्षको छ । उनले सुरुवाती दाङको ईलाका प्रहरी कार्यालय तुल्सीपुरको प्रहरी प्रमुख देखि बिभिन्न जिल्लामा आफ्नो प्रहरी क्षमता पस्किसकेका छन् ।
परिचयात्मक कार्यक्रममा डिएसपी कार्कीले जिल्लाको सुशासन तथा शान्तिसुरक्षा कायम गर्ने बिषयमा आफु संम्वेदनशील रहेको बताए ।उनले सबैको समान जिम्मेवारीले प्रहरीको भूमिका पारदर्शी हुने सुझाए ।’प्रहरी सेवा जनताको जीउधन र कानुन कार्यान्वयन गर्ने निकाय हो ,हाम्रो कमिकमजोरी छन् भने आत्मसाथ गर्दै अघि बढ्छौ,’उनले भने,प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ भएको जिल्लामा सेवा गर्न पाउनु गौरव ठानेको छु ।कानुन कार्यान्वयन गर्ने बिषयमा कसैसंग सम्झौता हुदैन ।’
परिचयात्मक कार्यक्रममा स्थानीय सरोकारवालाहरुले समसामयिक बिषयमा डिएसपी कार्कीलाई अवगत गराए ।उनीहरुले सदरमुकाम जोमसोममा अस्तव्यस्त सवारी पार्किङ र त्यसको व्यवस्थापन,ट्राफिक सचेतनामुलक कार्यक्रम,अबेर सम्म मादक पदार्थ बिक्रि बितरणमा रोक,होटलमा बस्ने पर्यटकको ईन्ट्रि डाटा कलेक्सन,ध्वनी प्रदुषण तथा गति नियन्त्रणको ट्राफिक सिग्नल,काठेपुल नजिक दोहोर पार्किङले उब्जाएको समस्या र सुरक्षित पार्किङको प्रयोग कार्यान्वय गराउन माग गरे ।
जिल्लाका बिभिन्न राजनितिक पार्टी प्रतिनिधि,जनप्रतिनिधि,उद्योगी व्यवसायी,महिला समुह ,संघ संस्था र पत्रकारहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।
कार्यक्रमको संञ्चालन जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले गरेका थिए ।




